गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares
गाईजात्राकाे पहिलाे दिन भक्तपुरमा भव्यताका साथ मनाइँदै !

सारांश

  • भक्तपुर, ११ भदौ ।
  • तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तलेजुको तहमचा बनाई आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ ।
  • दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा भक्तपुरमा आज बिहानैदेखि शुरु भएको हो ।

भक्तपुर, ११ भदौ । तलेजुस्थानबाट भक्तपुरका नगरवासीले बिहान कुखुरा नबास्दै तलेजुको तहमचा बनाई आफ्नो क्षेत्रमा परिक्रमा गराएपछि सात दिनसम्म मनाइने यस वर्षको गाईजात्रा पर्व आजबाट यहाँ शुरु भएको छ । दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मको शान्तिका लागि हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि श्रीकृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा भक्तपुरमा आज बिहानैदेखि शुरु भएको हो । नेवार समुदायका परिवारले मृतक व्यक्तिको संझनामा निकालिएको गाईजात्रामा जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई बनाइ टोलटोल घुमाउने गरिन्छ । टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्नुका साथै विभिन्न नाच एवं व्यङ्य प्रदर्शन गरिन्छ । मध्यान्हपछि जात्रा आकर्षक हुने भएकाले यहाँ जात्रा हेर्नेको भीड लाग्ने गर्दछ ।

हिन्दुधर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने उल्लेख गरिएको संस्कृतिकर्मी रामशेखर श्रेष्ठले जानकारी दिए । गाईलाई नगरपरिक्रमा गराउनाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई बैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको उनले बताए । पुत्रशोकले विह्वल भएकी आफ्नी रानीको चित्त बुझाउन दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले “जनतालाई आ–आफ्ना मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आदेश दिएकाले गाईजात्रा शुरु भएको ऐतिहासिक मान्यता छ ।

घरघरबाट गाईजात्रा निकालेपछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रदर्शन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएकाले सो प्रचलन चलेको हो भन्ने जनविश्वास रहेपनि यहाँका पुरका संस्कृतिकर्मी भने गाईजात्रा पर्व विक्रम सम्बत्को १४आँै शताब्दीभन्दा अगाडि तथा लिच्छवीकालको अन्त्यमा शुरु भएको बताउँदै आएका छन् । यहाँ गाईजात्राका दिन धार्मिक परम्पराअनुसार परालबाट निर्मित भैरब र तहमचा निकालेर नगर परिक्रमा गराएपछि सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन छ । यस दिन नौ जोर लुगा लगाउनुपर्ने, नौ थरी खाने कुरा खानुपर्ने र नौ पटक टोल घुम्नुपर्ने परम्परा रहिआएको संस्कृतिकर्मी श्रेष्ठको भनाइ छ । यस दिन पाप गरे मृत्युपश्चात पनि सोही कर्म भोग्नुपर्छ भन्ने धार्मिक विश्वासका साथ आजका दिन कसैले पनि त्यस्तो गतिविधि गर्न नहुने भनाइ रहेको उनी बताउँछन् ।

आजका दिन दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलार्ई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
मन्त्री बन्न मरिमेट्ने जमानामा यी वहालवाला मन्त्री किन चाहन्छन् मन्त्री पद छोड्न ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
डा. गोविन्द केसीले सोमबारदेखि अनिवार्य अवकाश पाउने, अब उनले गर्दै आएको आन्दोलन के होला ?
महिला र ऊर्जाको सवालमा जोड
महिला र ऊर्जाको सवालमा जोड
जनआन्दोलनका गम्भीर घाइते मुकेश कायस्थलाई सम्मान
महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने
महालक्ष्मीका कान्छा वडाध्यक्षको योजना : उपत्यकाकै उत्कृष्ट वडा बनाउने
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता
कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे विरूद्ध मुद्दा दर्ता
चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै
चिसो मौसममा निर्वाचनको तापक्रम बढ्दै
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
मोदी पटनाबाट तीनवटा होलिकोप्टर लिएर जनकपुर आउँदै
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
बेगनासबाट तीन सय मेगावाट विद्युत उत्पादन गर्न सकिने जाईकाको निष्कर्ष
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम

तपाईंले छुटाउनुभयो कि?