कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १७, २०७६
|
|
५२ पटक हेरिएको
Shares
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो

सारांश

  • नेपाल प्रेस युनियनले सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटीमाथी सुरक्षा थ्रेट बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  •  पत्रकार शिवाकोटीले आफूमाथि सुरक्षा थ्रेट बढेको भन्दै प्रहरी प्रशासन, संचार सम्बद्ध संस्था तथा आम नागरिकमा गम्भीर बनिदिन आग्रह गर्दै आइरहेका बेलामा प्रेस युनियनको आज बसेको आकस्मिक बैठकले यस्तो ध्यानकार्षण भएको जनाएको छ ।
  • युनियनका अध्यक्ष बद्री सिग्देलले बिहीबार एक विज्ञप्ती जारी गर्दै हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित उक्त समाचारको विषयलाई लिएर सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीमाथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

नेपाल प्रेस युनियनले सभामुख कृष्णबहादुर महराद्वारा संघीय संसद सचिवालयका एक महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको’ भन्ने समाचारको विषयलाई लिएर पत्रकार अजयबाबु शिवाकोटीमाथी सुरक्षा थ्रेट बढेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार शिवाकोटीले आफूमाथि सुरक्षा थ्रेट बढेको भन्दै

प्रहरी प्रशासन, संचार सम्बद्ध संस्था तथा आम नागरिकमा गम्भीर बनिदिन आग्रह गर्दै आइरहेका बेलामा प्रेस युनियनको आज बसेको आकस्मिक बैठकले यस्तो ध्यानकार्षण भएको जनाएको छ । युनियनका अध्यक्ष बद्री सिग्देलले बिहीबार एक विज्ञप्ती जारी गर्दै हाम्राकुरा डटकम अनलाइन पोर्टलमा प्रसारित उक्त समाचारको विषयलाई लिएर

सो अनलाइनका प्रधान सम्पादक एवं नेपाल प्रेस युनियनका महासचिव शिवाकोटीमाथी सुरक्षा चुनौती देखिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । युनियनको केन्द्रीय सचिवालयको बसेको आकस्मीक बैठकले युनियनका महासचिव शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै

आएकोप्रति गम्भिर आपत्ति प्रकट पनि गरेको छ । विज्ञप्तीमा भनिएको छ,‘नेपालको संविधानले व्यवस्था गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक बमोजिम स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा समाचार प्रकाशन तथा प्रसारण गर्न पाउने मौलिक हकको प्रत्याभूति गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदछौ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?