एमाले फुटाएर माधव नेपालले बनाए नयाँ पार्टी

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २, २०७८
|
|
३७ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमाले फुटेको छ ।
  • आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो ।
  • फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ ।

नेकपा एमाले फुटेको छ । आज माधवकुमार नेपालले एमाले विभाजन गरी नयाँ दल दर्ताका लागि निवेदन दिएसँगै औपचारिक रुपमा फुटेको हो । फुटेको दलको नाम नेकपा एमाले समाजवादी राखिएको छ । चुनाव चिन्ह खुल्ला किताब राखिएको छ ।

माधव नेपालनिकट सांसद मेटमणि चौधरीले दल दर्ताको निवेदन दिएको बताए । नेकपा एमाले समाजवादीको संयोजक माधव नेपाल नै रहेका छन् । दल विभाजन सजिलो हुने गरी अध्यादेश जारी भएलगत्तै माधव नेपालसहित उनीपक्षीय नेताहरु निर्वाचन आयोग पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?