बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा भेटियो युवतीको शव
सारांश
- काठमाडौं ।
- बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा एक युवतीको शव फेला परेको छ ।
- धादिङ घर भएकी २० वर्षीया लक्ष्मी परियारको शव फेला पारेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
काठमाडौं । बसुन्धारास्थित स्पिड गेष्ट हाउसमा एक युवतीको शव फेला परेको छ । धादिङ घर भएकी २० वर्षीया लक्ष्मी परियारको शव फेला पारेको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीका अनुसार होटल सञ्चालकले प्रहरीलाई खबर गरेपछि कोठा खोलेर हेर्दा युवतीको शव फेला परेको हो ।
‘लक्ष्मी र एक युवक केही दिनदेखि होटलमा सँगै बस्दै आएका थिए,’ होटल सञ्चालकको भनाई उद्धृत गर्दै एसपी जोशीले भने, ‘उनीहरु श्रीमान–श्रीमती भन्दै कोठा लिएर बसेका थिए ।’
युतवीको शव गेष्ट हाउसको कोठा नम्बर १०१ मा फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको र युवकको खोजी भइरहेको एसपी जोशीले शिखरन्यूजलाई जानककारी दिए ।
पछिल्लो समय बलात्कारपछि हत्याको घटना बढ्दो रहेको बेला फेरी राजधानीमा यस्तो घटना भएको हो । ती युवतीको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ ।
प्रतिक्रिया