बस दुर्घटनामा २४ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं २८ भदौ ।
  • दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ ।
  •  महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

काठमाडौं २८ भदौ । दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ । महेन्द्रनगरतर्फ आउँदै गरेको ना५ख ९११४ नं को बस आज बिहान भीमदत्त राजमार्गअन्तर्गत डोटीको रुवसकाँडा सडक खण्डमा दुर्घटना हुँदा २४ जना घाइते भएका छन् ।

कैलाली क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार सडकबाट तल भीरमा बस खसेर दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये चारजनाको स्थिति गम्भीर भएको र उनीहरूलाई कैलालीका पद्मा अस्पताल र सेती अञ्चल अस्पतालमा ल्याइँदैछ ।

बस दुर्घटना भए लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरिरहेको छ । घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?