छठपछि सिंहदरबार घेर्ने तयारी !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
४८ पटक हेरिएको
Shares
छठपछि सिंहदरबार घेर्ने तयारी !

सारांश

  • काठमाण्डौ, १३ कात्तिक ।
  • सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ ।
  • मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका छन् ।

काठमाण्डौ, १३ कात्तिक । सरकारी कार्यालयमा कार्यरत अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीहरुको रोजिरोटी खोसिएको भन्दै आन्दोलन चलिरहेको छ ।मंगलबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा कर्मचारीहरुले आफ्ना माग पूरा नभए सिंहदरबारमा जे पनि गर्न सकिने चेतावनी दिएका छन् ।  साक्षात्कारमा अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघका संयोजक कुमार राउतले आफूहरुको रोजिरोटी नखोस्न सरकारलाई चेतावनी दिए ।

राउतले २०–२५ वर्षसम्म काम गरेका कर्मचारीलाई सरकारले तीन महिनाको तलब दिएर हटाउन लागेको भन्दै आपत्ति जनाए । ३२ हजार कर्मचारीको रोजिरोटी खोसिएकोप्रति गुनासो गर्दै राउतले छठसम्म माग पूरा नभए सिंहदरबार पस्ने चेतावनी दिए । “छठसम्म माग पूरा नभए सशक्त आन्दोलन गर्छौँ । हामी मर्न पनि तयार छौँ । रोजिरोटी खोसिएका कर्मचारीका परिवारलाई सिंहदरबार छिराउँछौँ ।” राउतले भने ।

आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेलले अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीलाई सरकारले नियम र विगतमा भएका सम्झौताअनुसार व्यवस्थापन गर्नुपर्ने बताए ।सर्वोच्चले यस्ता कर्मचारी नराख्न आदेश दिए पनि सरकारले पालना नगरेको भन्दै उनले अहिले हटाउन खोज्नु गलत भएको तर्क गरे ।आवश्यकता पर्यो भनेर भर्ना गर्ने अनि अहिले किन हटाउन खोजियो ? पोख्रेलले प्रश्न गरे । कार्यक्रममा नेपाली काग्रेसका नेता चन्द्र भण्डारीले नेपालमा कर्मचारी भर्ना गर्ने शैली नै ठीक नभएकाले यस्तो समस्या आएको तर्क गरे । त्यसैगरी सत्तारुढ दल नेकपाका नेता तथा सांसद यज्ञराज सुनुवारले कर्मचारीतन्त्रभित्र धेरै जटिलता रहेको भन्दै सरकारले समस्याको समाधान गर्नुपर्ने बताए । “अस्थायी, करार, ज्यालादारी र ठेकेदारी कर्मचारीको सन्दर्भमा जे जस्ता नीति छ, जे सम्झौताअनुसार भर्ना गरिएको हो, सरकारले सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ ।” सुनुवारले भने । सबैखाले कर्मचारीको उचित कदर गर्नुपर्ने उनको भनाई थियो ।

त्यसैगरि राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले कर्मचारी तन्त्रमा राजनीतिक प्रभाव भएकाले यस्तो समस्या आएको बताए । उनले ट्रेड युनियनहरु नै खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?