असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाउन सभामुखको जोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ८, २०७५
|
|
६१ पटक हेरिएको
Shares
असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक उत्पादन बढाउन सभामुखको जोड

सारांश

  • काठमाडौं, ८ बैशाख ।
  • सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताएका छन् ।
  • डा.

काठमाडौं, ८ बैशाख । सभामुख कृष्णबहादुर महराले देशको असन्तुलित व्यापारघाटा कम गर्न आन्तरिक कृषि उत्पादन बढाउनुपर्ने बताएका छन् ।

डा. गणेशराज जोशीद्वारा लिखित ‘नेपालको कृषि अर्थतन्त्रः विकास, चुनौती र अवसरहरु’ पुस्तकको शनिबार काठमाडौंमा लोकार्पण गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

देशको व्यापार सन्तुलन गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने बताउँदै सभामुख महराले भने, “मुख्यगरी कृषिमा उत्पादकत्व बढायौं र कृषकहरुको सिर्जनशीलतालाई सही ढंगले सदुपयोग ग¥यौं भने आत्मनिर्भर बन्नका लागि देशभित्रै धेरै उत्पादन गर्न सक्छौं ।”

देश साधन, स्रोत, श्रम र सीपका दृष्टिकोणले धनी भएको बताउँदै सभामुख महराले आफूसँग भएको स्रोत, साधन र सीपलाई सदुपयोग गर्ने सही योजनाको खाँचो रहेको औंल्याए । “हामीसँग भएको स्रोत, साधन, श्रम र सीपको प्रयोग गर्ने सही योजनाको खाँचो छ”, उनले भने, “त्यस्तो योजनाको खाँचो पूर्ति गर्न गणेशजीको यो पुस्तकले महत्वपूर्ण योगदान गर्छ भन्ने मलाई विश्वास छ ।”

लेखक जोशीले कृषि र वन क्षेत्रमा लामो समय काम गरेर अनुभव हासिल गरेको बताउँदै सभामुख महराले अध्ययनका क्रममा आफूले प्राप्त गरेको ज्ञान र अनुभवलाई पुस्तकमा केन्द्रित गरेको बताए । पुस्तकमा नेपालको कृषि अर्थतन्त्रका चुनौती र अवसरहरुका साथै समस्याहरु के छन् भन्ने पनि राम्रोसँग संकेत गरिएको महराले बताए ।

अर्थमन्त्री छँदा वीरगञ्जको एउटा दाना उद्योगमै विहारबाट ५ सय क्वीन्टल मकै आउने गरेको थाहा पाएको भन्दै सभामुख महराले देशमा धेरै मकै उत्पादन हुँदा पनि आफ्नो उत्पादनको व्यापार सन्तुलन मिलाउन नसकिएको बताए ।

कार्यक्रममा डा. माधव कार्की र डा. यमबहादुर थापाले पुस्तकको समीक्षा गरेका थिए । १४ खण्डमा बाँडिएको डा. जोशीको पुस्तक कृषि क्षेत्रको खोज, अनुसन्धानमा आधारित रहेका छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्दछ : प्रधानमन्त्री
सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड
सम्पूर्ण कृषिभूमि चक्लाबन्दी हुनुपर्नेमा जोड
कांग्रेस जिल्ला सभापतिहरुको भेला: १९ बुँदे घोषणापत्र जारी (घोषणा–पत्र)
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
कबिर सिंहको सफलतापछि शाहिद कपुरले बढाए पारिश्रमिक
एसइईको नतिजा आज सार्वजनिक हुँदै
एसइईको नतिजा आज सार्वजनिक हुँदै
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
संघीयताकाे असल अनुभूति हुनेगरी काम गर्नेछौं : मुख्यमन्त्री गिरी (अन्तर्वार्ता)
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै
एकै वडाका चार महिला एउटै पदमा चुनाव लड्दै
खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन
खाँणलाई निलम्बन गर्ने विषयमा देउवा मौन
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’