बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण १७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बाँदरले दुख दिएपछि किसानले अपनाए यस्तो उपाय

सारांश

  • पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो ।
  • गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ ।
  • मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाड्नुभएकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु गर्नुभएको छ ।

पाल्पाको रामपुर नगरपालिका–७ को माथिल्लो बस्तीका कृषकलाई बाँदर आतङ्कले सताएपछि वडा कार्यालयको सहयोगमा अहिले बेसार खेती शुरु गरिएको हो । गाउँमा बाँदर आतङ्क बढेपछि वडा कार्यालयले अन्नबालीको विकल्पका रुपमा बेसार खेतीलाई प्रवद्र्धन गर्दै बीउबिजनमा सहयोग गरेको छ । मकै उत्पादन हुने दश रोपनी बारीमा बाँदरको समस्याले खेती लगाउन छाड्नुभएकी शान्ति विकले अहिले साढे दुई रोपनी क्षेत्रफलमा बेसार लगाउन शुरु गर्नुभएको छ । बाँझिएका सबै जमीनमा बेसार लगाएर ढाक्ने उहाँको योजना छ ।

“बाँदरले खाला भन्ने पिरलो भएन, खेती लगाउन वडा कार्यालयले सहयोग गरेको छ, बजारमा सहजैसँग बिक्री भइहाल्छ, बेसार लगाएपछि जग्गा सदुपयोगमा आयो भने अर्कोतर्फ आम्दानी पनि हुनेभयो”, उहाँले भन्नुभयो । वडाले आव ०७५÷०७६ को रु तीन लाख बजेटबाट ३५ क्विण्टल बेसारको बीउ कृषकलाई उपलब्ध गराएको वडाध्यक्ष तीर्थप्रसाद पङ्गेनीले बताउनुभयो ।
“बारीबाटै मकै, गहुँ, केराउ, चनालगायतका अन्नबाली बाँदरले खाएर नष्ट पारेको गुनासो आएपछि विकल्पका रुपमा कार्यालयले जग्गा बाँझो नराख्न र कृषकले आम्दानी लिन सकिने गरी बेसार खेतीका लागि सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो । बजारको व्यवस्थापन पनि वडा कार्यालयले गरिदिने उहाँको भनाइ छ ।

बाँदरले घरबारी नछाडेपछि अन्नबाली लगाउन छाडेर बेसार खेती शुरु गरेको सावित्रा पङ्गेनी बताउनुहुन्छ । मकैको तुलनामा दोब्बरतेब्बर आम्दानी लिने गरी व्यावसायिक रुपमा बेसार खेती शुरु गर्न थालेको उहाँको भनाइ छ । मलेङ्ग, डिबिडी, बाहुनडाँडा, मौलाकालिका, सर्पराज टोलमा अन्नबाली बाँदरले खाएर नष्ट पारेपछि खेती लगाउन छाडेका जमीन अहिले बेसारले हराभरा बनेका छन् ।

परीक्षणका रुपमा लगाइएको बेसार खेती राम्रो हँुदै गएको र अर्को वर्ष थप व्यवस्थित तरिकाबाट खेती गर्न कृषकलाई सहयोग गरिने वडासचिव गीता पौडेलले बताउनुभयो ।
बेसार खेती लगाउन वडा नं ७ को कार्यालयले सहयोग गरेपछि गाउँ छाडेर बेँसी झरेका कृषक पनि पहिले खेती गर्दै आएका जग्गामा बेसार लगाउन थालेका छन् । बारीमा लगाएका अन्नबाली, फलफूल, घरमा राखिएका अनाज खाएर नष्ट पारेपछि कतिपयले बस्ती नै छाडेर तल्लो क्षेत्रमा बसाई सर्न बाध्य भएका हुन् ।

बारीका पाटाभरि मकै लगाएर राम्रै आम्दानी गर्ने यदुनाथप्रसाद पङ्गेनीले बाँदरले सताएपछि पुरानो थाकथलो नै छाडेर खेतमा बसोबास गर्दै आउनुभएको छ ।
वडा कार्यालयले बेसार खेतीका लागि बीउ सहयोग गरेपछि करीब दुई रोपनी क्षेत्रफलमा उहाँले बेसार लगाउनुभएको छ । अर्को वर्ष बाँझिन पुगेका पूरै जग्गाभरि नै बेसार लगाउने उहाँको सोच छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत २२ गते शनिबारको राशिफल यस्तो छ
चैत २२ गते शनिबारको राशिफल यस्तो छ
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
एमसीसीमा जबरजस्ती गरेको अप्ठ्यारो स्थिति बन्न सक्छः प्रचण्ड
‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?
‘जिसस पुत्री’ मुनलाई प्रधानमन्त्री ओलीले लेखेकाे पत्रमा के छ?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
महेश बस्नेतले कुलमान विरुद्ध अख्तियारले छानविन गर्नुपर्छ किन भने?
डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर, सेनाकाे हेलिकप्टरबाट काठमाडाैं ल्याइयाे
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
मुलुक विकासमा निजी क्षेत्रको सहयोग आवश्यक : उद्योगमन्त्री रिजाल
एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई प्रहरी सेवाबाट बर्खास्त
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु
जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीनको मृत्यु
Preventing Data Leaking
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो

तपाईंले छुटाउनुभयो कि?