बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ८, २०७६
|
|
३५ पटक हेरिएको
Shares
बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास

सारांश

  • मुम्बई ।
  • बहुबाली फेम अभिनेता प्रभास दुई बर्षपछि नयाँ फिल्म ‘साहो’ को रिलिजको तयारीमा रहेका छन् ।
  • अहिले प्रचारमा व्यस्त रहेका प्रभास साहोमा श्रद्धा कपुरसँग काम गरेका गरेका छन् ।

मुम्बई । बहुबाली फेम अभिनेता प्रभास दुई बर्षपछि नयाँ फिल्म ‘साहो’ को रिलिजको तयारीमा रहेका छन् । अहिले प्रचारमा व्यस्त रहेका प्रभास साहोमा श्रद्धा कपुरसँग काम गरेका गरेका छन् । एक्सन फिल्म भनिएको साहो अगस्त ३० मा रिलिज हुदै छ । साहो रिलिजको दिन नजिक आउदै गर्दा अभिनेता प्रभासले आफुले निकै दबाब बढिरहेको बताएका छन् ।

साहोबाट दर्शकको अपेक्षा धेरै रहेकोले आफु दबाबमा परेको बताएका छन् । प्रभासले एसएस राजमौलीको निर्देशनमा बनेको बाहुबलीलाई कहिल्लै बिर्सिन नसकिने भन्दै यसले गर्दा साहोले मानसिक तनाव बढेको बताएका छन् ।

प्रभासले भनेका छन्, ‘मलाई निर्देशक या फिल्मको स्क्रिप्टको बारेमा कुनै शंका छैन । तर निर्देशक रजमौलीले निकै माथि पुर्याएकाले दबाब बढेको छ । मलाई थाहा छैन मेरा कति फ्यान छन् । तर अहिले उनीहरुको प्रेम बढेको छ । यसैकारण दबाब बढेको छ ।’

प्रभासले साहोको रिलिज नजिकिदै गर्दा कैयौ रात सुत्न समेत नसकेको बताएका छन् । उनले भने,’म तनावका कारण कैयौ दिनसम्म सुत्न सकेको छैन ।जब म घरबाट बाहिर निस्कन्छु मलाई यस्तो लाग्छ कि म सपनामा बाचिरहेको छु । मानिसहरुले मलाई चिन्छन् । यस अघि कसैले चिन्दैन थिए । बाहुबलीले मलाई नयाँ पहिचान दियो । देशमा मात्र होइन दुनियाँ भर मलाई चिन्छन् ।’

उनले अगाडी भने, ‘म यस अघि कैयौ पटक मुम्बई आएको छु । त्यति बेला मलाई कसैले चिदैन्थे । अहिले मलाई सबैले चिनेर मेरो नजिक आउछन । एक तेलुगु स्टार हुनुको नाताले म कहिँ पनि जान सक्थे, तर अहिले जे भैरहेको छ सुन्दर चिज भइरहेको छ ।’

साहोको बारेमा बोल्दै प्रभासले सुरुमा एक बर्षमा शुटिंग सकिने लागेको भएपनि एक्सन सिनमा धेरै समय लागेको बताए । आफुले अब धेरै फिल्ममा कम गर्न चाहेको बताउदै प्रभासले पछिल्लो ६ बर्ष निकै सुस्त काम गरेको बताए । अब एक बर्षमा कम्तिमा एक फिल्म गर्ने योजना रहेको पनि उनले बताए ।सुजिथले निर्देशन गरेको साहोमा प्रभास र श्रद्धाका अलावा जैकी सराफ, शक्ति कपुर र नील नितिन मुकेशको प्रमुख भूमिका रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
पोखरा फेवातालको बिच भागमा रहेको तालबराही मन्दिरमा दर्शनार्थीको भिड (फाेटाे फिचर सहित)
विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ
विद्यार्थी हत्याको आरोपमा चारजना पक्राउ
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
पेट्रोल, डिजेल र ग्यासको मूल्य घट्यो ? हेर्नुहोस के मा कती घट्यो
बि.सं.२०७४ साल माघ १४ गते शनिवारको राशिफल
बि.सं.२०७४ साल माघ १४ गते शनिवारको राशिफल
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
पोखराको दोहोरि साँझमा आगलागी हुँदा ६० लाखको क्षति
पोखराको दोहोरि साँझमा आगलागी हुँदा ६० लाखको क्षति
अनुदानको चामलबाट बनाउँछन् मदिरा
विद्यालय पुनर्निर्माणका लागि नर्बेद्वारा ८० लाख डलर सहयोग
विद्यालय पुनर्निर्माणका लागि नर्बेद्वारा ८० लाख डलर सहयोग
महराले पोलिग्राफ टेष्ट गर्न मानेनन्, फरेन्सिक रिपोर्ट आज बुझाइदै
महराले पोलिग्राफ टेष्ट गर्न मानेनन्, फरेन्सिक रिपोर्ट आज बुझाइदै
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनी प्रदेशको जित

तपाईंले छुटाउनुभयो कि?