बाघको दुई वटा टाउका, हड्डीसहित दुई जनालाई पक्राउ
सारांश
- काठमाडौं, १२ पुस ।
- महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बाघको दुई वटा टाउकाको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
- परिसरको टोलीले गोंगबुबाट बिहीबार दिउँसो बाघको टाउकाको ५ किलो हड्डीसहित दुई जनालाई पक्राउ गरेको हो।
काठमाडौं, १२ पुस । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बाघको दुई वटा टाउकाको हड्डीसहित दुई जनालाई पक्राउ गरेको छ।
परिसरको टोलीले गोंगबुबाट बिहीबार दिउँसो बाघको टाउकाको ५ किलो हड्डीसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागलुङका २८ वर्षीय केविन श्रेष्ठ मगर र गुल्मीका २२ वर्षीय दिलबहादुर पल्ली मगर रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।
बाघको हड्डी किनबेच हुन लागको भन्ने गोप्य सूचना पाएपछि परिसरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया