युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
२२ पटक हेरिएको
Shares
युवालाई कोरोना भाइरसको संक्रमण हुने सम्भावन कति

सारांश

  • प्रभात सिंह ।
  • सन् २०१९ को डिसेम्बरको अन्ततिर चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारी बनेको छ ।
  • अब यो सँसारको सबैजसो मुलुकमा प्रवेश गरिसकेको छ ।

प्रभात सिंह । सन् २०१९ को डिसेम्बरको अन्ततिर चीनको हुबेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारी बनेको छ । अब यो सँसारको सबैजसो मुलुकमा प्रवेश गरिसकेको छ । कतिपय देशहरु लकडाउन छन् । आर्थिक गतिविधि ठप्प छ । हजारौंको ज्यान गइसकेको छ भने लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।

विश्व नै कोरोना भाइरससँग नियमित रुपमा लडिरहेको छ । नयाँ किसिमको भाइरस विश्वमा देखा पर्दा यसको संक्रमण कस्ता प्रकारका मानिसमा देखा पर्छ भन्ने विषय अझै प्रष्ट भइसकेको छैन् । यो कसरी उत्पत्ति भयो भन्ने अझै पुष्टि भइसकेको छैन । यसविरुद्धको औषधी र खोप निर्माणको अध्ययन अनुसन्धान चलिरहेको छ ।

युरोप र अमेरिकामा भाइरसको संक्रमण अत्याधिक मात्रामा देखा परेको छ । युरोप र अमेरिकामा कोरोना भाइरसबारे भएको अनुसन्धानले यसको संक्रमणबाट युवाहरु बाँच्न सक्ने सम्भावना देखाएको छ । युवाहरुमा रोग प्रतिरोधात्मक क्षमता यसै पनि बढी हुन्छ ।

वैज्ञानिक समेत रहेका उताह विश्वविद्यालयका सहप्राध्यापक क्लिमेन्ट चाओ कोरोना भाइरसबाट संक्रमित भए । तर, कोरोना भाइरससंग लड्न युवाहरुमा पनि जति प्रतिरोधात्मक प्रणाली आवश्यक पर्ने हो त्यति नभएको बताए । युवासमेतलाई उक्त भाइरसको जोखिम सिर्जना हुन सक्ने उनको भनाईले देखाएको छ । यसैले उनले सावधानीपूर्वक बस्न युवाहरुलाई भनेका छन् ।

चीनमा कोरोना संक्रमित मानिसको आयु मापन गर्दा बृद्व अवस्थामा रहेका मानिस निकै जोखिममा रहेको जनाइएको थियो । तर, २० वर्ष भन्दामाथि र ५० भन्दा तल उमेरको मानिसहरु ज्वरोको कारण सिकिस्त विरामी हुने गरेको वैज्ञानिकहरुले जनाएका थिए । इटली र फ्रन्समा गरिएको अनसन्धानका अनुसार ती युवाहरु मध्ये कतिपय मानिसलाई आइसियुमा समेत राख्नुपर्ने अवस्था थियो । संक्रमणमा परेको मानिसमा उपचार नगराइ घरमै बसेको कारण उनमा समस्या देखा परेको छ ।

युरोपको सबैभन्दा अत्याधिक कोरोनाको असर परेका ठाउँ इटली हो । इटलीमा कोरोना संक्रमणको संख्या ३५ हजार पुगेको छ । भाइरसको संक्रमणमा पर्ने मानिसको उमेर १९ र ५० अत्याधिक देखिएको स्टाटिका नामक बेवसाइटले जनाएको छ । त्यसैगरी अमेरिकामा समेत ९ हजार कोरोना संक्रमित मानिस मध्ये २० देखि ४४ उमेरका मासिनहरु धेरै देखा परेको रोग नियन्त्रण र रोकथाम केन्द्रले जनाएको छ । यसमध्ये १५ देखि २० प्रतिशत मानिसलाई अस्पतालमै राखी उपचार भइरहेको छ भने ४ प्रतिशत मानिसलाई आइसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।

उताह विश्वविद्यालयका सबैभन्दा कान्छा सहप्राध्यापक क्लिमेन्ट चाओ युवाले भनेका छन्, म आइसियुमा रहेपनि कममा छु । उनले उक्त भाइरस नयाँ भएको कारण यसबारे थाहा नभएको बताए । चाओको ट्वीटर पोस्ट अनुसार निरन्तर केही दिनसम्म तल्लो तहको ज्वरो आएको र कडा खोकी देखापरेपछि आफ्नो श्वासप्रस्वासमा समस्या आएको अनुभव सुनाए ।

यो सत्य हो कि ४० भन्दामाथि उमेरका मानिसहरु अत्याधिक जोखिमपूर्ण अवस्थामा रहेको छ । ८५ उमेर कटेका कोरोना संक्रमित मानिस एक सय४४ जना रहेको छ । त्यसमध्येलाई ७० प्रतिशत अस्पतालमै राखेर उपचार भइरहेको छ भने २९ प्रतिशतलाई आइसियुमा राखिएको छ । युवा पुस्तालाई लपरवाही ढंगले जस्तै पार्टी, भीडभाँड, साथीहरुसंग वाहिरजाने र नाइट क्लबसमेतमा नजान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आग्रह गरेका छन् । उनले सम्पूर्ण विद्यालय, हाई स्कुलसमेत जमातमा कोरोना भाइरसको नियन्त्रण गर्न बन्द गरिएको छ र सम्पूर्ण विद्यालयका विद्यार्थीरुलाई घरमै बस्न आग्रह समेत गरेका छन् । उक्त समयमा न्जान बचाउन महत्वपूर्ण रहेको कारण समपूर्ण कार्य्विधि ठप्प गरेको ह्वाइट हाउसले जनाएको छ ।

सम्पूर्ण नागरिकलाई आफ्नै घरमा बस्न आग्रह समेत अमेरिकन सरकारले गरेको छ । एलर्जी र संक्रमण रोगका राष्ट्रिय संस्थानको प्रमुख एनथोनी फाउचीले चीन र इटली लगायत अमेरिका समेतमा फैलिएको कोरोना भाइरस अत्याधिक घातक रहेको जनाएका छन् । साथै युवालाई आफ्नो स्वास्थ्यलाई सर्वप्रधम ध्यान दिई आफुन्दा बढी उमेरका मानिस समेतलाई सहयोग गर्न आग्रह गरेका छन् । सबै मानिसहरुको प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ । युवाहरुलाई सतर्कता अपनाए उक्त भाइरसको जोखिमबाट बच्न सक्ने अनुमान वैज्ञानिकहरुले लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
अचानक मौसम बिग्रँदा सगरमाथाको तिब्बततर्फको क्षेत्रमा फसे सयौँ पर्यटक, उद्धारकार्य जारी
बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली
बालुवाटार प्रकरणः जग्गामा खडा गरिएका सबै मोही नक्कली
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
प्रहरी कार्यालयमा ढुंगामुढा गर्ने रबि लामिछानेका समर्थकलाई मुद्धा लगाउने तयारीमा प्रहरी
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
ओलीको अनुपस्थितिमा दाहाल र नेपाल सक्रिय
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
पार्टीका भ्रातृ संगठनविरुद्ध विद्रोहको गर्ने रास्वपा सांसद श्रेष्ठको चेतावनी
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
हट्ने भए काठमाडौंका १८ पेट्रोल पम्प (सूचीसहित)
चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
चिनियाँ बिदेशमन्त्री आज नेपाल आउँदै
छुटेकालाई कोभिड-१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै कामपा
उदयपुरमा प्रहरीले अफिम खेती नष्ट गर्यो
उदयपुरमा प्रहरीले अफिम खेती नष्ट गर्यो
कोरोना बीमा भुक्तानी प्रमाणीकरण भएका सबैले पाएको अर्थमन्त्रालयको दावी

तपाईंले छुटाउनुभयो कि?