बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १७, २०७९
|
|
२१ पटक हेरिएको
Shares
बाटो बिराएर उचाइ लिन खोज्दा दुर्घटना

सारांश

  •   काठमाडौं।
  • १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको (एन एइटी, डिएचसी), ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो।
  • यो विमानका लागि पोखरा जोमसोम उडान समय १८ मिनेट हो।

 

काठमाडौं। १९ यात्रु र चालक दलका तीन सदस्यसहित २२ जना बोकेर तारा एयरको (एन एइटी, डिएचसी), ट्विनअटर विमान आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उड्यो। यो विमानका लागि पोखरा जोमसोम उडान समय १८ मिनेट हो। विमान जोमसोममा १०स्१३ बजे अवतरण गर्नुपर्ने थियो तर अवतरण गर्न ६ मिनेट बाँकी छदै सम्पर्कविहीन बन्यो।

सम्पर्कविहीन भएलगत्तै बाटो बिराएको विमान करिब १३ हजार ५ सय फिटको उचाइको हिमाली खोंचको चट्टाने पहरोमा ठोक्किन पुग्दा क्षतविक्षत अवस्थामा फेला परेको छ। विमानमा यात्रा गरिरहेका यात्रु र चालक दलमध्ये २१ जनाको शव फेला परेको छ। एकजना अझै हराइरहेको प्रहरीले बताएको छ।

चट्टानमा ठोक्किएर खोंचमा विमान खसेकाले उद्धार र शव निकाल्न कठिनाइ भएको प्रहरीले बताएको छ। दुर्घटना स्थलमा उद्धारका लागि खटिएका प्रहरी निरीक्षक राजकुमार तामाङका अनुसार दुर्घटनास्थल निकै अप्ठ्यारो ठाउँमा थियो । करिब १३ हजार ५ सय फिटको उचाइको चट्टाने पहरोमा ठोक्किएपछि खोंचमा खसेको अवस्थामा विमान फेला परेको उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?