अस्पतालको बेडमा रहेकी सुत्केरीलाई बलात्कारको प्रयास भएपछि …
सारांश
- तेह्रथुम ।
- दिनहुँ बलात्कारका घटना घट्ने गरेका छन् ।
- तेह्रथुममा एक सुत्केरीलाई बलात्कारको प्रयास गर्नेलाई प्रहरीले फक्रेको छ ।
तेह्रथुम । दिनहुँ बलात्कारका घटना घट्ने गरेका छन् । तेह्रथुममा एक सुत्केरीलाई बलात्कारको प्रयास गर्नेलाई प्रहरीले फक्रेको छ । सुन्दै अचम्म लाग्ने सुत्केरीलाई समेत बलात्कारको प्रयास गर्नेहरु समाजमा भेटिन्छन् ।
२० वर्षीया एक सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङ बयरवन ५ बस्ने २५ वर्षीय दिपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जिल्ला अस्पताल तेह्रथुममा सुत्केरी भएर उपचार गरिरहेकी ती महिलालाई बलात्कारको प्रयास गरेको भन्दै उजुरी परेको थियो ।
पीडित सुत्केरी महिलाले विहिवार राति जिल्ला अस्पतालको शौचालयमा बलात्कारको प्रयास गरेको भन्दै उजुरी गरेकी थिइन । महिलाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरे पछि कार्कीलार्इ प्रहरीले पक्राउ गरेको हो।
पीडितको उजुरीपछि आरोपितलाई पकाउ गरी जबरजस्तीकरणी उद्योगमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
प्रतिक्रिया