डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
४७ पटक हेरिएको
Shares
डा.उपेन्द्र देवकोटाको स्वास्थ्य स्थिति गम्भीर, सघन उपचार चल्दै, फोटो सहित…

सारांश

  • काठमाडौं, २६ जेठ – बाँसबारीस्थित न्युरो अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा.
  • उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर र सघन उपचार चलिरहेको छ ।
  • सघन उपचार चलिरहेकाले कुनैपनि हल्लाको पछि नलाग्न न्यूरो अस्पताल तथा देवकोटा परिवारले आग्रह गरेको छ ।

काठमाडौं, २६ जेठ – बाँसबारीस्थित न्युरो अस्पतालमा वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था गम्भीर र सघन उपचार चलिरहेको छ । सघन उपचार चलिरहेकाले कुनैपनि हल्लाको पछि नलाग्न न्यूरो अस्पताल तथा देवकोटा परिवारले आग्रह गरेको छ ।

केही सामाजिक सञ्जालमा देवकोटाको विषयमा नराम्रो खबर फैलिएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो । ‘स्वास्थ्य स्थिति गम्भीर र सघन अवस्थामा उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालमा सम्प्रेषित खबर सत्य होइन,’ एक विज्ञप्तिमा भनिएको छ ।

देवकोटाको नराम्रो खबर फैलिएसँगै अस्पताल परिसरमा भीड बढेको हाम्रा संवाददाता विष्णु फडेराले बताएका छन् । डा. देवकोटाको स्वास्थ्य स्थितिको बारेमा गम्भीर चासो व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्नेहरु बढेका छन् । स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति अस्पताल र परिवारजनले आभार समेत व्यक्त गरेको छ ।

सम्पूर्ण शुभचिन्तकहरुलाई तत्काल सुचना दिइने र अस्पतालबाट जारी गरिने आधिकारिक बाहेकका सूचनामा विश्वास नगर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rajendra Ghimire

    ?????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?