बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
बोर्डिङ स्कूलका प्रधानाध्यापककाे मृत्यु

सारांश

  • महेन्द्रनगर, धनुषा, २८ साउन ।
  • धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
  • इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज१०प ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो ।

महेन्द्रनगर, धनुषा, २८ साउन । धनुषाको मिथिला नगरपालिका–४ पुष्पवलपुरमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार ज१०प ८०१८ नंको मोटरसाइकलमा सवार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित जनज्योति बोर्डिङ स्कूलका प्रअ प्रेमचन्द्र यादव कुसियतको दुर्घटनामा परी घटनास्थलमा नै मृत्यु भएको हो ।

गएराति करीब ९ बजे मोटरसाइकल अनियन्त्रि भएर दुर्घटना भएको थियो ।दुर्घटनामा मोटरसाइकल उछिट्टिएर नाम ठेगाना खुल्न नसकेका एक पैदल यात्रीसमेत घाइते भएका छन् । पैदल यात्री डाक बम रहेको उनी सिरहाको उत्तराहिनीबाट जल बोकी महोत्तरीको टुटेश्वरनाथ मन्दिरमा जल चढाउन गइरहेका थिए । घाइते डाक बमलाई राति नै स्थानीय स्वास्थ्य उपचार केन्द्रमा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?