बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २, २०७६
|
|
२५ पटक हेरिएको
Shares
बाढीले दक्षिण एसियाका ६० लाख मानिस विस्थापित हुने खतरामा

सारांश

  • काठमाडौं ।
  • दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।
  • मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो ।

काठमाडौं । दक्षिणी एसियाका करिब साठी लाख नागरिकलाई बाढीको खतरा रहेको पाइएको छ ।मनसुनी वर्षा र यसका कारणले पछिल्ला केही दिनमा आएको बाढीले गर्दा लाखौँ व्यक्ति प्रभावित पनि भइरहेको तथा अरु पनि कम्तीमा ६० लाख नागरिकलाई भारी वर्षाका कारण खतरा रहेको बताइएको हो ।केही दिनयता दक्षिण एसियाका प्रायः देशहरुमा भिषण बाढी आएको छ । प्राप्त पछिल्लो समाचारअनुसार भारतको कुनै एउटा राज्यमा मात्र दश लाख नागरिक विस्थापित भएका छन् त्यहाँको सरकारले रेडक्रसको अन्तर्राष्ट्रिय महासंघलाई सहयोगका लागि आग्रह गरिरहेको छ । त्यस्तै यहाँका अरु पनि केही राज्यमा बाढीको प्रकोप देखिएको छ । त्यसैगरी बंगलादेश र नेपालमा पनि बाढीका कारण कैयौँ नागरिकको ज्यान गएको छ भने लाखौँ व्यक्ति प्रभावित भएका छन् ।

ती देशमा पनि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले उद्धार कार्य गरिरहेको छ । आपतकालीन व्यवस्थापनका लागि खाद्यान्नलगायतका सहयोग सो समितिले ती देशमा उपलब्ध गराइरहेको छ । रेडक्रसका अनुसार बाढी आउने क्रम बढ्दो रुपमा रहेको छ र यसबाट अझै पनि कैयौँ नागरिक विस्थापित हुने र क्षति ब्यहोर्नुपर्ने अवस्था रहेको छ ।रेडक्रसको अन्तर्राष्ट्रिय महासंघका दक्षिण एसिया क्षेत्रीय निर्देशक जेभियर क्यासलेनोसले भने– बाढीको प्रकोप दिन प्रतिदिन बढ्दो छ, विस्थापित हुनेहरुको संख्या पनि प्रतिदिन बढिरहेको छ । उनले बाढीका कारण मृत्यु हुने नागरिकको संख्या पनि प्रतिदिन बढ्दो रुपमा रहेको जानकारी दिएको समाचारमा जनाइएको छ ।

यही हिसाबले अरु केही दिनसम्म बाढीको प्रकोप बढ्दै जाने हो भने दक्षिण एसियाली देशका कम्तमिा पनि ६० लाख नागरिकलाई यस प्रकोपले क्षति पु¥याउन सक्ने अनुमान गरिएको पनि उनले बताए।अहिले आफूहरु आपतकालीन व्यवस्थापनमा जुटिरहेको जानकारी उनले दिए । उनले भने– बाढीले निम्त्याएको संकटको समाधानका लागि कार्यरत छौँ तर मनसुन भर्खरै सुरु भएकोले यसले अझै पनि ठूलो क्षति पु¥याउन सक्ने खतरा रहेको छ ।

भारतीय राज्य आसाममा मात्र दश लाख नागरिक विस्थापित भएका छन् । यहाँ ब्रम्हपुत्र नदी बस्तीमा पस्दा यसले कम्तीमा पनि ७५० गाउँ नै बगाएको छ । त्यसैगरी नेपालको पनि दक्षिणपूर्वी भूभागमा बाढीले क्षति प¥ुयाएको छ । यहाँ बाढीका कारण दर्जनौँ नागरिकको ज्यान गएको छ ।उता बङ्गलादेशमा पनि बाढीले ठूलो असर पु¥याएको छ । जसका कारण यहाँका करिब १४ हजार नागरिक विस्थापित भएका छन् । यहाँ बाढीले ११ हजार भन्दा बढी घर बगाएको छ । भारी वर्षा र यसका कारण बाढी आउने क्रम जारी नै रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चमा पाँच स्थायी न्यायधीशको नाम सिफारिस
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
माधव नेपाल र बाबुराम भट्टराईको ‘टाउकोमाथि झुण्डिएको तरबार’
कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छः नेता सिंह
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
को को हुन् ५ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचनमा भोट नहाल्ने मतदाता ?
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
सप्तरी अपडेट- कांग्रेसले लियो अग्रता, दोस्रोमा फोरम, राजपाको अग्रता खुम्चियो
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
कोरोना महामारीलाई वेवास्ता नगर्न विश्व स्वास्थ्य संगठनको आग्रह
पुख्र्यौली पेशाबाट मनग्य आम्दानी
पुख्र्यौली पेशाबाट मनग्य आम्दानी
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !
नवलपरासीकाे सुनवल बन्याे देशकै पहिलाे बालमैत्री नगर !

तपाईंले छुटाउनुभयो कि?