२ लाख ५४ हजार कर ८७ हजार रुपैयाँमा मिलाउने खरदार पक्राउ !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
२ लाख  ५४ हजार कर  ८७ हजार रुपैयाँमा मिलाउने खरदार पक्राउ !

सारांश

  • ललितपुर, २० जेठ ।
  • ललितपुर महानगरपालिकाका कर्मचारी खरिदार राजेन्द्र नेमपुललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ।
  • उनीसहित विचौलिया कृष्ण बोगटीलाई पनि आयोगले पक्राउ गरेको हाे।

ललितपुर, २० जेठ । ललितपुर महानगरपालिकाका कर्मचारी खरिदार राजेन्द्र नेमपुललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पक्राउ गरेको छ।

उनीसहित विचौलिया कृष्ण बोगटीलाई पनि आयोगले पक्राउ गरेको हाे। ललितपुरका एक स्थानीय लाई २ लाख ५४ हजार रुपैयाँ घरबहाल कर तिर्नुपर्ने बताएका थिए। त्यसलाई कम गर्न आग्रह गर्दा उनले ८७ हजार रुपैयाँसम्म मिलाइदिनसकिने तर आफुलाई सहयोग गर्नुपर्ने बताएका थिए।

२ लाख ५४ हजार तिनुपर्नेमा ८७ हजार रुपैयाँ मात्र तिर्दा बाँकी रहेको रकममध्ये आधा कर्मचारी र आधा घरधनीलाई फाइदा हुने गरी बिचौलियामार्फत सेटिङ मिलाइएको थियो। सोही अनुसार आइतबार खरिदार नेमपुलले घुस लिएका थिए।

त्यो घुस महानगरपालिकाका ३ कर्मचारीले बाँडेर लिने गरेको उनले बताएका छन्।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    रमेश खड्का

    हैन हो यो नेपाल भन्ने देश त भर्स्टचारी हरु ले जन्म लिने थलो होकि के हो अचम्म लाग्न थालिसक्यो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?