विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०८०
|
|
२७ पटक हेरिएको
Shares
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै

सारांश

  • काठमाडौ।
  • भारतमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आजदेखि शुरु हुँदैछन्।
  • खेल तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ।

काठमाडौ। भारतमा भइरहेको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल चरणका खेलहरु आजदेखि शुरु हुँदैछन्।

खेल तालिकाअनुसार आज पहिलो सेमिफाइनल खेल हुनेछ भने दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ। समूह चरणको खेलबाट आयोजक भारत सहित दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा प्रवेश गरेका छन्।

यी टोलिमध्ये आज हुने पहिलो सेमिफाइनल खेलमा भारतले न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । यसैगरि भोलि हुने दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका एक आपसमा भिड्दै छन्।

सेमिफाइनल चरणको खेलबाट दुई टोली फाइनलमा पुग्नेछन्। तीनै दुई टोलीबीचको फाइनल प्रतिस्पर्धाबाट विश्वकप क्रिकेटको विजेता छानिने छ। विश्वकप क्रिकेटको विजेताले ट्रफी र मेडल सहित ४० लाख अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ।

यसैगरी उपविजेता टोलीले मेडल सहित २० लाख डलर पुरस्कार पाउँछ भने सेमिफाइनल चरणबाट बाहिरिने दुबै टोलीलाई पनि ८ लाख डलर पुरस्कार दिइने छ। आइसिसीले समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीलाई पनि १ लाख अमेरिकी डलर दिनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
घाइते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
घाइते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
त्रिभुवन विश्वविद्यालय र चण्ढीगढ विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
थाइल्याण्डमाथि नेपालको १०६ रनको फराकिलो जित
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
जिल्ला अस्पतालमा औषधि अभावका कारण सेवाग्राही मारमा
मन्त्री यादव अस्पताल भर्ना !
मन्त्री यादव अस्पताल भर्ना !
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
प्रचण्डमाथि राजनीतिक अस्त्र प्रहार
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा

तपाईंले छुटाउनुभयो कि?