भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलको शपथग्रहण आजै

सारांश

  • काठमाडौं, माघ २९ ।
  • वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन्।
  • उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

काठमाडौं, माघ २९ ।वाग्मती प्रदेशकोे भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन्। उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेका थिए । उनले आजै शपथग्रहण गर्ने कार्यक्तम रहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् । तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए ।

वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?