सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
सात वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

सारांश

  • राजविराज १२ भाद्र।
  • सप्तरी जिल्लाको रुपनी गाउँपालिका–१ रायपुरस्थित मामाघर आएका एक सात वर्षीय बालकको पोखरीमा डुबेर आज को मृत्यु भएको छ ।
  •  मृत्यु हुनेमा सर्लाही बहुर्वा गाउँपालिका–२ डुमरिया टोलका इन्दल यादवको  छोरा विक्रम यादव रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

राजविराज १२ भाद्र। सप्तरी जिल्लाको रुपनी गाउँपालिका–१ रायपुरस्थित मामाघर आएका एक सात वर्षीय बालकको पोखरीमा डुबेर आज को मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही बहुर्वा गाउँपालिका–२ डुमरिया टोलका इन्दल यादवको  छोरा विक्रम यादव रहेको सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।

मामा घर आएका विक्रम  हात धुन गएको बेला चिप्लेर पोखरीमा डुबेको बताइएको छ । स्वास्थ्य परीक्षणका लागि उनको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?