असिनाले बाली नष्ट : किसान चिन्तित

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ६, २०७९
|
|
५२ पटक हेरिएको
Shares
असिनाले बाली नष्ट : किसान चिन्तित

सारांश

  • गलेश्वर ।
  • चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् ।
  • लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका किसान शनिबार परेको असिना पानीले बाली नष्ट गरिदिँदा चिन्तित भएका छन् ।

लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली नसप्रेको अवस्थामा पाक्नै लागेको हिउँदेबालीसमेत असिनाले नाश गरिदिएपछि किसान चिन्तित भएका हुन् ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको चिनाखेत, डाँडाखानीलगायत जिल्लाका उच्च लेकाली क्षेत्रमा वर्षासँगै परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको किसानले बताएका छन् । हिउँदे खडेरीमा दुःखले हुर्काएको बाली असिनाले चुटेर नष्ट गरिदिएको भकिम्लीका किसान भीमबहादुर थापाले बताए ।

शनिबार हिउँजस्तै जम्नेगरी असिना परेको र खेतबारीमा पाक्नै लागेको बाली सबै नष्ट गरिदिएको उनको भनाइ छ । खेतबारीमा लगाएको गहुँ, तोरी, केराउ, जौ, उवालगायत भित्र्याउने समय भएका हिउँदेबालीमा असिनाले क्षति गरेको छ । भर्खरै उम्रदै गरेको मकै, सिमी, आलु, काँक्रो, घिराँैला लगायतका तरकारी र बालीका बिरुवामासमेत क्षति पुगेको चिनाखेतका किसान श्याम पुनले बताए ।

त्यसैगरी सुन्तला जातका फलफूल र केरा खेतीमा पनि असिनाले क्षति पु¥याएको छ । असिनाले गरेको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौँ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए । अलिअलि भएको बालीसमेत असिनाले नष्ट गरिदिँदा किसान मारमा परेको उनले बताए ।

जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै पाँच हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका किसान भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ । वर्षा भएपछि चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन पाउँदा असिना नपरेका ठाउँका किसान खुसी भएका छन् । “फागुन पहिलो साता रोप्नुपर्ने मकै अहिलेसम्म रोप्न सकिएको थिएन, पानीपरेसँगै खेतबारीमा मकै छर्ने चटारो छ”, ज्यामरुककोटका किसान नारायण सापकोटाले बताए ।

बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य किसानको भनाइ थियो । शनिबार र आइतबार जिल्लाको धवलागिरि, मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण र बेनी नगरपालिका गरी छवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका किसान खेतबारीमा व्यस्त हुने भएका छन् ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ३५ देखि ४५ प्रतिशतसम्म कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

विगतका वर्षमा तीन÷चार पटक हिमपात भइसक्ने म्याग्दीका उच्च लेकाली क्षेत्रमा यो वर्षभने चैत लागिसक्दा पनि हिमपात हुनसकेको छैन ।

जिल्लाका गुर्जा, मुदी, टोड्के, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा हिमपात नहुँदा पशुपालक किसानलाई समस्या भएको छ । बुकी र खर्कमा हिमपात नभएपछि घाँस पलाउन नसक्दा पशुपालक किसानलाई समस्या भएको हो । समयमा नै हिमपात नहुँदा लेकाली क्षेत्रमा लगाइएको आलुलगायत हिउँदेबालीको उत्पादनमा ह्रास आएको छ भने पशुलाई चरनको समस्या हुने देखिएको किसानले बताएका छन् ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
महानगरीय प्रहरी प्रमुखमा चन्द, सातै प्रदेशमा अब एआईजी (को कहाँ खटिए ? सूचीसहित)
मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
मंगलबार २५९ कोरोना संक्रमित थपिए, काठमाडौंमा ६२ जना
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
कुनै हालतमा पार्टी विभाजन हुन नदिनेस् प्रचण्ड
मेयर कुशवाहा जेलबाट छुटेपछि कटहरिया नगरपालिकामा भोली बिदा
मेयर कुशवाहा जेलबाट छुटेपछि कटहरिया नगरपालिकामा भोली बिदा
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
‘विद्या भण्डारीको ठाउँमा ज्ञानेन्द्रलाई ल्याउँछौं’
‘विद्या भण्डारीको ठाउँमा ज्ञानेन्द्रलाई ल्याउँछौं’
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
बाढीको दर्दनाक तस्बिर: जब मृतक बालकलाई पुर्ने ठाउँ भएन (फोटो कथा)
हेर्नुस् तलब बाहेक यतिका भत्ता लिन्छन् सरकारी कर्मचारी
हेर्नुस् तलब बाहेक यतिका भत्ता लिन्छन् सरकारी कर्मचारी
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो
टिपर ब्याक गरेर मोटरसाइकल चालकलाई मार्यो