प्रदेश नं ७ मा १९८ जना कुष्ठरोगी उपचारमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • बैतडी, १६ माघ, प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।
  • क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३÷७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् ।
  • कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार÷चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन÷तीन जनाले उपचार गराइरहेका छन् ।

बैतडी, १६ माघ, प्रदेश नं ७ (सुदूरपश्चिम)मा १९८ जना कुष्ठरोगी उपचारमा रहेका छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार आव २०७३÷७४ मा प्रदेश नम्बर ७ का जिल्लामा १९८ जना कुष्ठरोगी उपचारमा रहेकामा तीमध्ये सबैभन्दा बढी कैलालीमा १०६ जना रहेका छन् । कञ्चनपुरमा ४७ जना, अछाममा २२, डोटीमा ५, बैतडी, डडेल्धुरा र बझाङमा चार÷चार जनाले उपचार गराइरहेका छन् भने दार्चुला र बाजुरामा तीन÷तीन जनाले उपचार गराइरहेका छन् । १९८ जनामध्ये ७८ जना महिला र सातजना बालबालिका रहेका छन् ।

कुष्ठरोगकै कारण आव २०७३÷७४ मा सातजना अपांगताको शिकार भएका क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “समयमै उपचार नआउँदा कुष्ठरोगले अपांगता निम्त्याउने गरेको छ ।”

प्रदेश नं ७ को पछिल्लो तीन वर्षयताको तथ्यांक हेर्ने हो भने प्रदेश नम्बर सातमा कुष्ठरोगीको संख्या स्थिर रहेको छ । पहिलाको तुलनामा कुष्ठरोगीको संख्या घटे पनि अझै अपेक्षाअनुसार कम नभएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ निरीक्षक मनोज ओझाले बताउनुभयो ।

कुष्ठरोगलाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन नआएकाले यो रोग लाग्ने बित्तिकै उपचारमा आउनेको संख्या कम रहेको छ । “कुष्ठरोगीलाई समाजले गर्ने व्यवहारका कारण उनीहरु लुक्ने गरेका छन्,” उहाँले बताउनुभयो ।

आव २०७३÷७४ मा २०९ जना कुष्ठरोगीका बिरामी पत्ता लागेको सुदूरपश्चिममा आव २०७२÷७३ मा २०८ र आव २०७१÷७२ मा २२६ जना पत्ता लागेका थिए । कुष्ठरोग सरुवा रोग भएकाले यसको लक्षण पाँच वर्षपछि पनि देखा पर्न सक्ने चिकित्सकले बताएका छन् ।

लक्षण देखिएको धेरैपछि मात्रै उपचारमा आउने प्रवृत्तिले यसले मानिसलाई अपांगताको शिकार बनाउने गर्दछ । सरकारले कुष्ठरोगीको निःशुल्क उपचार गर्ने गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
एकीकृत समाजवादीमा कार्यविभाजन, रामकुमारी बनिन् विद्यार्थी इन्चार्ज
अर्को प्रधानमन्त्री छान्न नेकपालाई गगन थापाको सुझाव
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित
राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत पदको परीक्षा स्थगित
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
वातावरण दिवसमा खानेपानी मन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
बालकृष्ण ढुंगेललाई माफी दिने सरकारको निर्णय आज सर्वोच्चमा पेश हुने
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
कांग्रेस नेता बानियाले गरे एम्बुलेन्स सहयोग ।
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
६ महिनामा साढे २३ अर्बका १२ लाख मोबाइल भित्रिए
ठगी गरेको आरोपमा कांग्रेस नेता शाह पक्राउ
ठगी गरेको आरोपमा कांग्रेस नेता शाह पक्राउ
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति
बँदेलको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति