भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १०, २०७९
|
|
२० पटक हेरिएको
Shares
भरतपुर महानगरमा गठबन्धनका उम्मेदवार विजयी

सारांश

  • चितवन।
  • भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
  • महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्।

चितवन। भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन्।

दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत प्राप्त गर्नुभएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले रुजु गरेर अन्तिम मत विवरण सार्वजनिक गर्न बाँकी छ। यस्तै स्वतन्त्रका उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७२८ मत प्राप्त गरे।

दाहाल विसं. २०७४ को स्थानीय तहको निर्वाचनमा समेत कांग्रेसको सहयोगमा महानगर प्रमुखमा निर्वाचित भएकी थिइन्। विसं २०३३ असार २३ गते भरतपुर महानगरपालिका–१४ भीमसेन नगरमा जन्मिएकी दाहाल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की माहिली छोरी हुन्। नेपाली, हिन्दी र अङ्ग्रेजी भाषा बोल्न जान्ने दाहाल विसं २०६४ जेठ १५ गतेदेखि २०६९ जेठ १४ गतेसम्म तत्कालीन संविधानसभा सदस्य थिइन्। हाल अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको महासचिव, विसं २०७४ देखि २०७५ सम्म नेकपा (माओवादी केन्द्र) पोलिटब्यूरो सदस्य, विसं २०६१ देखि २०६३ सम्म नेकपा (माओवादी केन्द्र) रोल्पा जिल्ला सहइन्चार्ज भएर काम गरिसकेकी छन्।

यस्तै विसं २०६४ देखि २०७२ सम्म नेपाल कम्युनिष्ट पार्टी माओवादी काठमाडौँ सेक्रेटरी, अखिल भारत नेपाली महिला सङ्गठनको अध्यक्ष, जनयुद्धको भूमिगतकालमा प्रवास (भारतका विभिन्न प्रान्तहरूमा पार्टीको सेक्रेटरी र महिलाको जिम्मेवारी वहन गरेको) तथा देशको विकट ग्रामीण क्षेत्रमा सङ्गठनात्मक काममा सक्रिय रहेकी थिइन्।

भरतपुर महानगरपालिकाको उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन्। अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गर्दा गुरुङले ३० हजार ६१२ मत प्राप्त गरिन्।

अधिकारी नेपाली कांग्रेस भरतपुर महानगर समितिको सभापति हुन्। विसं २०२४ मा जन्मिएका अधिकारीको विद्यार्थी राजनीतिबाट राजनीतिक यात्राबाट सुरु भएको हो। विसं २०४२ मा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनीतिकयात्रा क्याम्पस कमिटीमा सक्रिय भई अहिले महानगरमा कांग्रेसका तर्फबाट उपप्रमुखमा निर्वाचित बनेका छन्। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा नं २१ को वडाध्यक्षमा निर्वाचित अधिकारी यसअघि महानगरमा कांग्रेसको दलको नेताका रूपमा रहेका थिए।

विसं २०४६ को आन्दोलनमा गिरफ्तारीदेखि विसं २०६२/६३ मा सक्रिय सहभागिता जनाएका नेता अधिकारी विसं २०५४ मा साविक पार्वतीपुरमा कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचत भएका थिए।

यस महानगरका २९ वडामा एक लाख २७ हजार ८३९ मत खसेको थियो। २९ वडामध्ये कांग्रेसले वडा नं १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९, एमालेले ३, ११, १२, १८, १९ र २८, माओवादी केन्द्रले १३, २४ र २६, नेकपा (एकीकृत समाजवादी)ले ७, ९ र २२ वडामा विजय हासिल गरेको छ। वडा नं २५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जिल्ला नेता स्वतन्त्रमा उम्मेदवारी दिएर विजयी भएका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
हराइरहेका गोठालोको खोजी गर्न सेना परचालन तयारी
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठक : प्रसारण लाइन र विद्युत् व्यापारमा महत्वपूर्ण सहमति
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
सत्तारुढ नेकपाभित्र असन्तुष्टि चुलिँदै, बैठकको मिति अझै तोकिएन
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
नेपाली ट्राभल कम्पनी ‘ह्याक’ हुँदा करोडौँ नोक्सान
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
Breaking News ललितपुर महानगर मेयरमा एमाले अगाडी
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
भूमि आयोगको कानुनी अड्चन फुकाउन ध्यानाकर्षण
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित तीनजना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर
कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता
कृषि मन्त्रालयका दुई उपसचिवसहित १३ अधिकृत बेपत्ता

तपाईंले छुटाउनुभयो कि?