अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ३, २०७६
|
|
२२ पटक हेरिएको
Shares
अमेरिकाद्धारा डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द

सारांश

  • काठमाडौं, ३ चैत्र ।
  • संयुक्त राज्य अमेरिकाले मंगलबारबाट लागू हुने गरी डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द गर्ने जनाएको छ ।
  • दूतावासले आज सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

काठमाडौं, ३ चैत्र । संयुक्त राज्य अमेरिकाले मंगलबारबाट लागू हुने गरी डीभी र गैरआप्रवासी भीसाका अपोइन्टमेन्ट रद्द गर्ने जनाएको छ । दूतावासले आज सूचना निकालेर यस्तो जानकारी दिएको हो ।

कोरोना भाइरसको संक्रमणबाट विश्वमै संकट आइरहेको अवस्थालाई दृष्टिगत गरी अमेरिकाले भीसा अपोइन्टमेन्टहरु रद्द गरेको जनाइएको छ । कोभिड १९ सम्बन्धी सूचना जारी गर्दै अमेरिकाले जरुरी कामले अमेरिका यात्रा गर्नैपर्ने भए आकस्मिक अपोइन्टमेन्ट लिन सकिने जनाएको छ । उसले त्यसका लागि सम्पर्क गर्न समेत भनेको छ ।

अमेरिकाले जतिसक्दो चाँडो भिसा सेवा पुर्नसञ्चालन गर्ने तर समय तोक्न असमर्थ भएको जनाएको छ । एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो, सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहने भनिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?