झापा उवासङ्घ गौरीगञ्जको भवन शिलान्यास
सारांश
- दमक, १३ मङ्सिर , झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ ।
- गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो ।
- युवा व्यवसायी केशवकुमार अग्रवालले भवन निर्माणका लागि सङ्घलाई गौरीगञ्ज–३ को एक कठ्ठा जग्गा दान दिनुभएकामा गाउँपालिकाकाले रु १० लाख उपलब्ध गराएपछि भवन निर्माण शुरु गरिएको सङ्घका अध्यक्ष मखना महतोले बताउनुभयो ।
दमक, १३ मङ्सिर , झापा उद्योग वाणिज्य सङ्घको भवन निर्माण गरिने भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बुधबार उक्त सङ्घको भवन शिलान्यास गर्नुभयो ।
युवा व्यवसायी केशवकुमार अग्रवालले भवन निर्माणका लागि सङ्घलाई गौरीगञ्ज–३ को एक कठ्ठा जग्गा दान दिनुभएकामा गाउँपालिकाकाले रु १० लाख उपलब्ध गराएपछि भवन निर्माण शुरु गरिएको सङ्घका अध्यक्ष मखना महतोले बताउनुभयो । गौरादह उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा युवा व्यवसायी जीवन राईले सो भवन निर्माणमा रु ५० हजार सहयोग दिने घोषणा गर्नुभयो ।
विपन्न भुइकटरेका परिवारलाई घर हस्तान्तरण
झुप्रोमा जीवनयापन गर्दै आएका झापा, दमकका एक विपन्न १० वर्षे बालक टीकाराम धिमाल (भुइकटहरे)को परिवारले नयाँ घर पाएको छ ।
दमक–२ मा अर्काको जग्गामा त्रिपाल लगाएर बसोबास गर्दै आएका भुइकटहरेका बुबा रामबहादुर, आमा सीता धिमाल बुधबार नयाँ घरमा सरेका छन् । स्वदेश तथा विदेशबाट सङ्कलित रकमबाट दमक–३ को डिपुमा १० धुर जग्गा खरीद गरी करीब रु आठ लाखको लागतमा तीनकोठे पक्की घर निर्माण गरेर हस्तान्तरण गरिएको भवन निर्माण समितिका संयोजक पूर्ण वाइबाले जानकारी दिनुभयो ।
धिमाल परिवार घर पाएपछि हर्षित छन् । उर्लाबारी–७ स्थित बेथेल एजुकेशन एकेडेमीमा अध्ययरत भुइकटरेलाई उक्त विद्यालयका प्रिन्सिपल दीपक न्यौपानेले निःशुल्क पढ्ने व्यवस्था मिलाउनुभएको छ ।
यसअघि सोही स्थानका बालगायक अशोक दर्जीका परिवारलाई समेत स्थानीयवासीको सक्रियतामा घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । अशोकका सहपाठी भुइकटहरेको समेत विपन्नता देखेर उनलाई पनि गाँउलेले सहयोग जुटाएर घर बनाइदिएका हुन् ।
प्रतिक्रिया