बिरामीले सिटामोल पनि नपाउने अस्पताल
सारांश
- जाजरकोट : सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्।
- जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ।
- यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ।
जाजरकोट : सरकारले जिल्ला अस्पतालहरूबाट ७२ प्रकारका औषधि निःशुल्क वितरण गरे पनि जाजरकोट अस्पतालमा भने सामान्य औषधि पनि पाइँदैनन्। जिल्ला अस्पतालमा लामो समयदेखि औषधि अभाव भएको छ। यहाँ सिटामोल र जीवनजलसमेत पाइन छाडेको सेवाग्राहीको गुनासो छ।
बजेट अभावमा अस्पतालले समयमै औषधि खरिद गर्न नसक्दा एवं सरकारले निःशुल्क वितरण गरिने औषधि नपठाउँदा समस्या आएको हो।अहिले अस्पतालमा सिटामोल, जीवनजल, आइरन चक्की, ब्रोफिन, रेनिटेडिन, मेट्रो, एमोक्सिसिलीन, बुस्कोपान, कोर्टिन, भिटामिन बी कम्प्लेक्स, क्यामामिन लोसन, जिन्क ट्याब्लेट, पारासिटामोल सिरफ, आर एल क्योमक्स, अक्सिटोसन, जेन्टामाइस, फुस्रामाइट, सिप्रोलगायत अत्यावश्यक औषधिको अभाव छ।
मौसम परवर्तनसँगै अस्पतालमा बिरामीको चाप बढ्दो छ। तर, निःशुल्क पाइने औषधिसमेत नपाइँदा सेवाग्राही मर्कामा छन्। भेरी नगरपालिका–२ की विमला थापा टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएपछि जिल्ला अस्पताल आइन्। चेकजाँचपछि उनलाई डाक्टरले औषधि लेखिदिए। तर, अस्पतालमा औषधि पाइनन्।
सिटामोलसमेत अस्पतालमा नभएपछि मेडिकलमा किन्नुपरेको उनले गुनासो गरिन्। भन्छिन्, ‘केही समयअघि कुनै पनि औषधि किन्नु पर्दैनथ्यो, अहिले सबै औषधि किनेर खानुपर्ने बाध्यता छ।’ आर्थिक अवस्था कमजोर भएका र निःशुल्क औषधि पाइरहेकाहरू बढी समस्यामा परेको स्थानीय पम्फा चन्दले बताइन्।
अस्पतालमा डेलिभरी सेवाका लागि गज, कटन, ग्लोब्स र आरएलसमेत अभाव छ। भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा औषधि खरिदका लागि बजेट नछुट्याउँदा यो समस्या भएको हो। तर, नगरपालिकाले भने २५ शड्ढयासम्मका अस्पतामा मात्र औषधि पु¥याउने आफ्नो क्षेत्राधिकार भएको तर यो अस्पताल ५० शड्ढयाको भएकाले बजेट छुट्याउन समस्या भएको जनाएको छ।
दुई वर्षअघि १५ शड्ढयाको जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शड्ढयाको बनाइएपछि औषधि पाइन छाडेको हो।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया