बिर्तामोडमा बम फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • झापा, असार ११ – बिर्तामोडको बेग्लाबेग्लै स्थानमा सोबाबर बम फेला परेको छ ।
  • बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।
  •   मतदान केन्द्र रहेको देवी माविको कझण्डै १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो ।

झापा, असार ११ – बिर्तामोडको बेग्लाबेग्लै स्थानमा सोबाबर बम फेला परेको छ । बिर्तामोड नगरपालिका–६ स्थित देवी उच्च मावि नजिकै सडक छेउ र सुब्बाचोकस्थित मैदानमा सुतुली बम फेला परेको इलाका प्रहरी कार्यालय, अनारमनीले जनाएको छ ।  मतदान केन्द्र रहेको देवी माविको कझण्डै १५० मिटर नजिकै तार निस्किएको अवस्थामा बम फेला परेको हो । बिहान मर्निङवाकमा हिँड्ने मानिसले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।  अहिले त्यस स्थानको २०० मिटर वरपर खाली गराएर नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । दुबै स्थानमा फेला परेको बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको इप्रका अनारमनीका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जनकारी दिनुभयो ।  निर्वाचन विरोधी समूहले त्रास फैलाउन बम राखेको हुन सक्ने अनुमान प्रहरीको छ । बम फेला परेपछि स्थानीय त्रसित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?