बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २२, २०७८
|
|
३८ पटक हेरिएको
Shares
बिस्का जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने अभियान सुरु

सारांश

  • मध्यपुरथिमि नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने गरी अभियान सुरु गरेको छ ।
  • मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले पालिकामा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने गरी अभियान सुरु गरिएको जानकारी दिनुभएको हो ।
  • आज मङ्गलवार काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेकाे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मेयर श्रेष्ठले बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो ।

मध्यपुरथिमि नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्ने गरी अभियान सुरु गरेको छ । मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले पालिकामा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गर्दै यसलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने गरी अभियान सुरु गरिएको जानकारी दिनुभएको हो ।

आज मङ्गलवार काठमाण्डाैकाे भृकुटीमण्डपमा रहेकाे नेपाल पर्यटन बोर्डमा पत्रकार सम्मेलन गरी मेयर श्रेष्ठले बिस्काः जात्रालाई विश्व सम्पदामा सूचीकृत गर्नका लागि प्रसारप्रचारको काममा सहयोग गरीदिन पनि सञ्चारकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले काठमाण्डाै उपत्यकाका सबै नगरपालिकाका मेयरहरूलाई जात्रामा एकसाथ सहभागी गराउन लागिएको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाभित्रका जात्राहरूको ऐतिहासिक महत्त्वबारे नयाँ पिँढीलाई जानकारी दिन पनि प्रवर्द्धनात्मक अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको प्रवर्द्धनले पर्यटनमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा बिस्काः जात्राको फोटोसमेत प्रर्दशनी गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?