माईतिघर मण्डलामा अनशन बसेकाहरू बेहाेश !

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२८ पटक हेरिएको
Shares
माईतिघर मण्डलामा अनशन बसेकाहरू बेहाेश !

सारांश

  • काठमाडौं, १ पुस।
  •  आफुहरुको निःशुल्क उपचारको व्यवस्था गरिदिन सरकारसंग माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा ४ दिनदेखि अनशन बसिरहेका जनयुद्ध तथा जनआन्दोलनका क्रममा घाईते भएकाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।
  • अनशन बसेका ६ जनामध्ये मकवानपुरका मंगल सिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोश भएका छन् ।

काठमाडौं, १ पुस। आफुहरुको निःशुल्क उपचारको व्यवस्था गरिदिन सरकारसंग माग गर्दै काठमाडौंको माईतिघर मण्डलामा ४ दिनदेखि अनशन बसिरहेका जनयुद्ध तथा जनआन्दोलनका क्रममा घाईते भएकाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

अनशन बसेका ६ जनामध्ये मकवानपुरका मंगल सिंह प्रजा र बर्दियाका तिलाचन्द्र कामी बेहोश भएका छन् । बेहोश भएका प्रजा र कामीको उपचारमा कसैले पनि वास्ता नगरेको अनशनरत कालीकोटका संग्राम कामीले जानकारी दिए । चिसो र भोकले कठ्याङ्ग्रीएर प्रजा र कामी बेहोश भएका हुन् । ‘गणतन्त्रका लागी आफुहरुले शरिरका अंग गुमायौं, कामीले भने , अहिले हामी उपचारका लागी सडकमा भिख माग्नु परिरहेको छ ।

गणतान्त्रिक कम्युनिष्ट सरकारले पनि सहयोग गर्दैनन् ।’ गिरफ्तार गरिएका घाईते अपांग संघर्ष समितिका संयोजक युवराज बिकलाई तत्काल रिहा गर्नुपर्ने , घाईते अपांगलाई गणतन्त्र योद्धा घोषणा गरि परिचयपत्रको व्यवस्था गरिनुपर्ने , रोजगारीको व्यवस्था गरिनुपर्ने , घाईते अपांगका छोराछोरीलाई निशुल्क पढाईको व्यवस्था गरिनुपर्ने माग राख्दै उनीहरु अनशन बसेका हुन् । अपांग समितिका संयोजक बिकलाई झुट्ठा मुद्धा लगाई प्रहरीले महानगरिय प्रहरी परिसर ,जाउलाखेल ललितपुरको हिरासतमा राखिएको अनशनकारिकाे आरोप छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?