मनाेरञ्जन समाचार : मलाइकाको यो फोटो किन भयो एकाएक भाइरल
सारांश
- एजेन्सी।
- ४५ वर्षीया मलाइका अरोडाका केही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका छन्।
- फोटोमा मलाइकाले विचित्रको टाइट टाउजर लगाएकी छन् जसका कारण समाजिक संजालमा उनलाई ट्रोल गरिएको छ।
एजेन्सी। ४५ वर्षीया मलाइका अरोडाका केही तस्वीर यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका छन्। फोटोमा मलाइकाले विचित्रको टाइट टाउजर लगाएकी छन् जसका कारण समाजिक संजालमा उनलाई ट्रोल गरिएको छ।
फोटो हेरेर के भन्न सकिन्छ भने मलाइकाले कम्मरमुनिदेखि खुट्टासम्म पेन्टिङ गराएकी छन्। बुधबार विहान खिचिएको यो फोटो मुम्बईको बान्द्रमा लिइएको हो।
एक समाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘शरीरमा के राम्रो पेन्टिङ गराएको रहेछ।’ अर्का एक जनाले लेखेका छन्, ‘पूरै युवालाई बर्बाद पर्नेरहिछन् आन्टीले।’
अर्का एक जनाले कमेन्ट गर्दै लेखेका छन्, ‘फिगर राम्रो छ, तर के यसलाई दैनिक देखाउन आवश्यक छ?’ अर्का एक जनाले लेखेका छन्, ‘यनले जुन भद्दा कपडा लगाएकी छन्, यसमा के छ यस्तो?’
अर्का एक जनाले लेखेका छन्, ‘यो महिलाको दिमाग खराब भएको छ। यसलाई त जेलमा हाल्नुपर्ने।’
यतिबेला मलाइका र अर्जुन कपुरबीचको विवाहलाई लिएर चर्चा हुने गरेको छ। उनीहरु गोवामा हिन्दू र क्रिश्चियन परम्परा अनुसार विवाह हुने चर्चा छ। उनीहरुले केही कलाकारलाई विवाहको निम्ता पनि दिएका छन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया