आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
४० पटक हेरिएको
Shares
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको विरुवा रोपी मनाइँदै

सारांश

  • काठमाडौं।
  • आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ।
  • हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ।

काठमाडौं। आसार शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरुका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु र तुलसीको पूजा अर्चना गरेमा मनोकामना पूरा हुने जनविश्वास छ।

वैदिक शास्त्रहरूमा यस एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा व्याख्या गरिएको छ। निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई आज रोपेर पूजा गरिन्छ। आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने र चार महिनापछि हरिबोधनी एकादशीमा जाग्ने विश्वास छ। तुलसीलाई भगवान् विष्णुको स्वरुपका रूपमा लिइन्छ।

तुलसीलाई आयुर्वेदिक दृष्टिले औषधिका रूपमा समेत उपयोग गरिन्छ। आजको एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ।

आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
प्रदेश नम्बर दुईमा कांग्रेसको ‘आक्रामक’ चुनावी तयारी, केन्द्रीय कमिटीले के निर्णय गर्यो ?
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
पारसले एयरपोर्टमा प्रहरीको ‘कठालो’ समातेको विषय संसदमा उठ्यो
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज बस्दै
आज मन्त्रिमण्डल पुनर्गठन हुँदै
आज मन्त्रिमण्डल पुनर्गठन हुँदै
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
माटोको भाँडोमा जमाएको दही खानुका फाइदा
माटोको भाँडोमा जमाएको दही खानुका फाइदा
विदेशबाट चिनी ल्याउन रोक्न प्रधानमन्त्रीको निर्देशन
विदेशबाट चिनी ल्याउन रोक्न प्रधानमन्त्रीको निर्देशन
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने
ताराको जहाज खोजी कार्य स्थगित , सेनाले साेमबार बिहानैदेखि खोज्ने