कञ्चनपुरमा निर्वाचनको तयारी तिव्र रुपमा सुरक्षाका लागि संयुक्त गस्ती
सारांश
- कञ्चनपुरमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिव्र रुपमा भईरहेको छ ।
- जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनकै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
- निर्वाचन आउँन २० दिन मात्रै बाँकी रहेका बेला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनको सबै काम भईरहेको जनाएको छ ।
कञ्चनपुरमा आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारी तिव्र रुपमा भईरहेको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनकै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । निर्वाचन आउँन २० दिन मात्रै बाँकी रहेका बेला निर्वाचन कार्यालय कञ्चनपुरले निर्वाचनको सबै काम भईरहेको जनाएको छ । जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका प्रमुख केशव सिह भण्डारीले बदर मत घटाउनका लागि कञ्चनपुरका सबै मतदान स्थलमा मतदाता शिक्षा कार्यक्रम चलाएकाे बताए ।
उनका अनुसार, ३२० मतदाता शिक्षा स्वयम सेवकले सही मतदान गर्ने तरिका सिकाईरहेका छन् । यस्तै मतदान केन्द्रमा आवश्यक कर्मचारी छनौटको काम पनि भईरहेको भण्डारीले बताए । भण्डारीका अनुसार, कञ्चनपुरमा झण्डै २ हजार ५६० कर्मचारीको आवश्यकता पर्ने छ । कर्मचारी छनौटका लागि निजामती, संस्थान, विद्यालय, विश्वविद्यालयमा कार्यरत कर्मचारी र शिक्षकको सम्बन्धीत कार्यालयबाट विवरण माग गरिएको छ ।
निर्वाचनका लागि चुस्त दुरुस्त सुरक्षा व्यवस्था
दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरमा चुस्तदुरुस्त सुरक्षाको प्रबन्ध गरिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचनको मिति नजिकिदै जाँदा भरपर्दो सुरक्षा व्यवस्था गरेको हो । मतदाता, मतदान केन्द्र, उम्मेदवारका लागि सुरक्षाको उच्च प्रत्याभूति हुने गरी प्रबन्ध मिलाईएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका अध्यक्ष समेत रहेका कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार खडकाले कञ्चनपुरमा उच्च सुरक्षा सर्तकता अपनाएको बताए । उनका अनुसार, खुला सीमा नाका भएको जिल्ला भएका कारण सबै सुरक्षा निकाय सम्मिलित एकिकृत सुरक्षा योजना अनुसार कञ्चनपुरमा निर्वाचनको सुरक्षाको तयारी पुरा गरिएको छ । प्रमुख जिल्ला अधिकारी खडकाले कञ्चनपुरमा ८६ मतदान स्थल अति संवेदनशील, ३२ संवेदनशील र १४ समान्यमा वर्गिकरण गरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाईएको बताए ।
चारै सुरक्षा निकायलाई कुन–कुन ठाउँमा परिचालन गर्ने र अप्रिय घटना हुनबाट जोगाउनका लागि उचित प्रबन्ध मिलाईएको बताए । चुनावमा बेला हुने सीमा तस्करीलाई समेत मध्य नजर गर्दै जिल्लाको चारै क्षेत्रमा सुरक्षाको भरपुर व्यवस्थापन गरिएको उनले बताए । कञ्चनपुरमा सुरक्षा चुस्त दुरुस्त पारिएकाले ढुक्क भएर मतदान गर्न समेत प्रमुख जिल्ला अधिकारी खडकाले आग्रह गरेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रकास बहादुर चन्दले जिल्ला सुरक्षा समितिको बैठक अनुसार एकिकृत सुरक्षा योजना अनुसार प्रहरीले समेत निर्वाचनको सुरक्षाका लागि सबै तयारी पुरा गरेर कार्यान्वनतिर उन्मुख भएको बताए ।
उनका अनुसार, नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मी र नेपाल सुरक्षाकर्मीले संयुक्त गस्ती समेत गरिरहेका छन् । म्यादी, नेपाल प्रहरी सम्भावित क्षेत्रमा परिचालन गरिएका छन् । ‘संस्कास्पद क्षेत्र, व्यक्ति समुहको पहिचान गरेर चेकचाँचमा कडाई गरेका छौँ, ‘उनले भने, ‘कञ्चनपुरमा स्थानीय तहको निर्वाचन भन्दा सुरक्षाकर्मी थप गरिएका छन् ।’ निर्वाचन बिरोधी गतिविधि र निर्वाचनका बेला हुन सक्ने सम्भाव्य घटनालाई विश्लेष गरेर कञ्चनपुरमा सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाईएको उनले बताए ।
प्रतिक्रिया