बुद्ध मूर्ति सफा गर्दा करेण्ट लागेर मृत्यु
सारांश
- अस्बिन खड्का उदयपुर, १६ बैशाख ।
- सोमवार हुने बुद्धजयन्तीको कार्यक्रमका लागि बुद्धको मूर्ति सफा गर्ने क्रममा आइतवार मोरङ पथरी शनिश्चरे २ बुद्धचौकका ५२ बर्षीय लोकबहादुर तामाङ ( योञ्जन) को करेन्ट लागेर मृत्यु भएको छ ।
- पथरी शनिश्चरे २ बुद्धचौकमा रहेको मन्दिर सजाउन मृतक तामाङ माथि चढेका थिए ।
अस्बिन खड्का
उदयपुर, १६ बैशाख । सोमवार हुने बुद्धजयन्तीको कार्यक्रमका लागि बुद्धको मूर्ति सफा गर्ने क्रममा आइतवार मोरङ पथरी शनिश्चरे २ बुद्धचौकका ५२ बर्षीय लोकबहादुर तामाङ ( योञ्जन) को करेन्ट लागेर मृत्यु भएको छ ।
पथरी शनिश्चरे २ बुद्धचौकमा रहेको मन्दिर सजाउन मृतक तामाङ माथि चढेका थिए । बुद्धको गजुर सफा गर्ने क्रममा छेउँमै रहेको बिजुलीको पोलमा रहेको तारले भेटेपछि करेण्ट लागेर भुइँमा बजारिएका योञ्जनको घटनास्थलमै मृत्यु भएको हो । करेन्ट लागेर अर्का एक व्यक्ति गम्भीर भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया