बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’ !

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ७, २०७४
|
|
३३ पटक हेरिएको
Shares
बुद्ध लामा बने पहिलो ‘नेपाल आइडल’ !

सारांश

  • काठमाडौं: प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्।
  • कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।
  •   उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो।

काठमाडौं: प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि पोखरा नयाँबजारका बुद्ध लामाले जितेका छन्। कतारको दोहास्थित एसियन टाउन एम्पिथिएटर, ग्रान्ड मल, सनायामा शुक्रबार राति भएको अन्तिम प्रतिस्पर्धामा निशान भट्टराई र प्रताप दासलाई उछिन्दै पोखरा नयाँबजारका बुद्ध पहिलो नेपाल आइडलको उपाधि चुम्न सफल भएका हुन्।

 

उत्कृष्ट तीनबाट विजेता छनोटका लागि ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ भोट प्राप्त भएको थियो। जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै बुद्धले प्रतिष्ठाको पहिलो आवाज नेपाल आइडलको उपाधि जितेका हुन्।

यो जितसँगै उनले २० लाख रुपैयाँ, महिन्द्रा केयूभी १०० कार र १५ लाख रुपैयाँको एल्बम कन्ट्र्याक प्राप्त गरेका छन्। बुद्धलाई लोकप्रिय हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले पुरस्कार प्रदान गरे।

फस्ट रनरअप निशानले १५ लाख रुपैयाँ र सेकेन्ड रनरअप प्रतापले १० लाख रुपैयाँ पुरस्कार हात पारे। विजेता एवं अन्य सहभागीलाई हौसला प्रदान गर्न महजोडी कतार पुगेका थिए।

फ्रिमेन्टल मिडियाले तय गरेका आधार पूरा गर्ने नेपालको एक मात्र टेलिभिजन एपीवान एचडीमार्फत पहिलो पटक नेपालमा सुरु भएको आइडल सिरिजले सुस्ताएको नेपाली सांगीतिक क्षेत्रलाई ऊर्जा दिएको छ।

बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले हेर्ने साझा सो बनेको छ।नेपाल आइडलको अडिसनमा हजारौं युवा सहभागी थिए। विभिन्न चरण पार गर्दै उत्कृष्ट १२ मा परेका प्रतियोगीलाई करोडौंले भोट गरे अनि सम्भवतः संसारभरका अर्बौं दर्शकले सो हेरे। यूट्युब एवं फेसबुकमा नेपाल आइडलका हरेक सो भाइरल बनेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?