नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
४० पटक हेरिएको
Shares
नेपाल–भारत योगा प्रवद्र्धनको लागि काठमाडौंमा विशेष कार्यक्रम हुँदै

सारांश

  • काठमाडौं, १४ जेठ ।
  • योगा युनिभर्सिटी अफ अमेरिकाज, फ्लोरिडाले नेपाल–भारत योगा प्रवद्र्धनको लागि विशेष कार्यक्रम गर्ने भएको छ ।
  • यही जेठ १६ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम गर्न लागेको विश्वविद्यालयका भाईस चान्सलर डा।

काठमाडौं, १४ जेठ । योगा युनिभर्सिटी अफ अमेरिकाज, फ्लोरिडाले नेपाल–भारत योगा प्रवद्र्धनको लागि विशेष कार्यक्रम गर्ने भएको छ ।यही जेठ १६ गते काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानमा उक्त कार्यक्रम गर्न लागेको विश्वविद्यालयका भाईस चान्सलर डा। योगी देवराजले जानकारी दिए ।उनकाअनुसार उक्त कार्यक्रममा नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख अतिथिको रुपमा उपस्थिति रहनेछ । कार्यक्रममा नेपालका विभिन्न दलका नेता तथा सांसद सदस्यहरुको पनि उपस्थिति हुनेछ ।

उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजकले नेपालका योग, ध्यान, आयुर्वेद, प्राकृतिक चिकित्सा, सनातन धर्मप्रेमी सबैलाई निमन्त्रणासमेत गरिएको योगीले जनाए । कार्यक्रममा सहभागी हुनको लागि उक्त विश्वविद्यालयका नेपाल संयोजक डा। हरि प्रसाद पोखरेल र डा। हेमराज कोइरालाले निमन्त्रणा पठाईसकेका छन् ।कार्यक्रममा भाग लिनको लागि अमेरिका, भारत, मलेसिया, कम्बोडियालगायतका देशबाट करिब सय जना योगप्रेमी तथा विद्धानहरु काठमाडौं आईसकेका छन् । योगीका अनुसार यो कार्यक्रममा भाग लिनको लागि दक्षिण भारतका प्रसिद्ध अध्यात्म गुरु प्राचार्य आराल्लु मल्लिके, पार्थ सार्थी र प्राचार्य काईपा सेसाद्री पनि काठमाडौं आईसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?