सलमानको पत्नी बन्दै प्रियंका

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सलमानको पत्नी बन्दै प्रियंका

सारांश

  • यतिबेला बलिउडका ठूला फिल्मलाई लिएर निकै चर्चा परिचर्चा भैरहेको छ ।
  • ति मध्येको एक हो सलमान खानको ‘भारत’ ।
  • अलि जफर द्वारा निर्मित यो फिल्म बलिउडको हाल सम्मकै सबैभन्दा ठूला प्रोजेक्ट मध्येको एक हुनेछ ।

यतिबेला बलिउडका ठूला फिल्मलाई लिएर निकै चर्चा परिचर्चा भैरहेको छ । ति मध्येको एक हो सलमान खानको ‘भारत’ । अलि जफर द्वारा निर्मित यो फिल्म बलिउडको हाल सम्मकै सबैभन्दा ठूला प्रोजेक्ट मध्येको एक हुनेछ ।

प्रियंका चोपडा र दिशा पटानीको नाम पहिले नै पक्का भएको थियो भने अब ज्याक्की श्रफ पनि यसमा जोडिएका छन् ।


फिल्ममा प्रियंका चोपडा सलमानको पत्नीको भूमिकामा देखिँदै छन् । त्यस्तै ज्याक्की सलमानको बुवा र दिशा बहिनीको भूमिका निर्वाह गर्दैछन् । सलमान र ज्याक्की ८ वर्षपछि सँगै देखिन लागेका हुन् । यसभन्दा पहिले उनीहरु २०१० मा वीर फिल्ममा सँगै देखिएका थिए । जुन एक योद्धाको प्रेम कहानीमा आधारित फिल्म थियो ।


फिल्मको नाम फेरेर हिन्दुस्तान राख्न सकिने निर्माण पक्षले बताएको छ । फिल्म केरियन ड्रामा ओड टू माय फादर को रिमेक हो । फिल्म भारत र पाकिस्तान विभाजन हुने बेलाको कथामा आधारित छ । जुन २०१९ को इदमा रिलिज हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?