अभियुक्तलाई कुटे अब प्रहरी नै जेल जाने ?
सारांश
- काठमाडौैं, १५ पुस ।
- मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ मा रहेका केही प्रावधानप्रति प्रहरी अधिकारीहरुले गम्भीर असन्तुष्टि जनाएका छन् ।
- खासगरी यातनासम्बन्धि प्रावधानले प्रहरीको अनुसन्धान पद्धती नै असफल हुने उनीहरुको निष्कर्ष छ ।
काठमाडौैं, १५ पुस । मुलुकी अपराध (संहिता) ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन, २०७४ मा रहेका केही प्रावधानप्रति प्रहरी अधिकारीहरुले गम्भीर असन्तुष्टि जनाएका छन् । खासगरी यातनासम्बन्धि प्रावधानले प्रहरीको अनुसन्धान पद्धती नै असफल हुने उनीहरुको निष्कर्ष छ ।
अनुसन्धान अधिकृतमाथि पनि फौजदारी मुद्दा चल्न सक्ने र पक्राउपूर्व अदालतबाट अनुमती लिनुपर्ने जस्ता प्रावधानले अनुसन्धान प्रक्रियालाई गम्भीर असर पार्ने प्रहरी अधिकारीहरुको भनाई छ ।
प्रहरी प्रधान कार्यालयमा शुक्रबार मुलुकी अपराध ऐन, मुलुकी फौजदारी कार्यविधि कार्यान्वायनका बारेमा आयोजित छलफलमा प्रहरी अधिकारीहरुले केही प्रावधानप्रति चर्काे असन्तुष्टि व्यक्त गरेका हुन्। ती विषयमा आफुहरुले पहिलेदेखि नै विरोध गर्दै आएपछि बिदेशीहरुको दबाबमा त्यस्तो प्रावधान राखिएको उनीहरुको आरोप छ ।
मुलुकी फौजदारी कार्यविधिमा अनुसन्धान अधिकृतले गलत मनसाय राखेर अनुसन्धान गरेमा तथा यातना दिएमा त्यस्ता अनुसन्धान अधिकृतविरुद्ध छुट्टै फौजदारी मुद्दा चल्ने प्रावधान राखिएको छ । जून प्रावधानका कारण जूनसुकै अभियुक्तले पनि प्रहरीविरुद्ध प्रतिशोधस्वरुप यातना दिएको भनेर मुद्दा दायर गर्न सक्ने र यसले सिंगो फौजदारी अपराध संयन्त्र नै ध्वस्त हुनसक्ने बताएका थिए। अभियुक्तहरु सधैं अनुसन्धानको विपक्षमा हुने र उनीहरुले गलत मनसायले मुद्दा दायर गर्न सक्ने प्रहरी अधिकारीहरुको चिन्ता छ ।
अर्काेतर्फ सामान्य कुटपिट बिना अहिले अनुसन्धान नै हुन नसक्ने अवस्था छ। कुनै पनि अभियुक्तले सजिलै आफ्ना अपराधबारे बताउदैनन् । उनीहरुलाई अतिथि जस्तो गरेर हिरासतमा राखेर कुनै पनि अनुसन्धान सफल हुन नसक्ने प्रहरी अधिकारीहरु बताउछन् ।
विगतमा पनि प्रहरीले यातना दिएमा प्रहरीमाथि कारबाही हुने प्रावधान थियो। पहिलो विभागीय कारबाही हुने प्रावधान रहेकोमा अहिले फौजदारी अपराधकै रुपमा मुद्दा चल्ने प्रावधान भएपछि प्रहरीहरुले यसमा चिन्ता जनाएका हुन् ।
हालका प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै पालामा उक्त ऐन र कार्यविधि पास भएको हो। संगठनसँग जोडिएको त्यती गम्भीर विषयमा पनि उनले चासो नदिदा प्रहरी गम्भीर संकटमा पर्न लागेको हो । अर्याल आफ्नो पद मात्र जोगाउन लाग्दा संगठन ध्वस्त हुने अवस्थामा पुगेको प्रहरी अधिकारीहरु बताउँछन् ।
Sherpa Dorjee
Tik chha
Khadka Dipak
thika xa sabailai
Dévää Räàj
good
Kishor Darshan
चोरले म चोर हु कहिले पनि भन्दैन यस्तो पाराले यो देशमा आतंककारीले राजधानी मा एटोम बम पडकाएर हिडेर गयर नागढुङा पार गरे पनि पक्राउ गर्न सकिदैन अब देखी अपराधिहरुलाई ज्वाई जस्तै गरि राख्नु पर्छ
Arjun Bista
Aba namaskar garnu parne ki na xoi shut hannu parne ho?
Kishor Darshan
अब देखी प्रहरीको पनि डिउटि १०-५ हुनु पर्छ किन भने पक्राउ गर्न अदालत को आदेश चाहिने भए पछि अदालत १० नबजी खुल्दैन
Sanjeev Oli
Good
Navraj Bist
ठिकै हो पैले नि सज्जन लाई नै समाउथ्यो पुलिस चोर दाका सङ्ग त कराउन नि सक्दैन
Ishwar Shrees
गुन्डागर्दी ज्यानमारा ले संसद पाउन लागे पछि यस्तै हुन्छ
Chhabi Prem Niraula
याे देशमा अवदेखि प्रहरीले अनुसन्धान नगर्ने भयाे।राजनीतिका नेताले अनुसन्धान गर्नेछन्
Ajaya Rai
अब पुलिशकाे पनि 10 5 हुनेभाे
Krishna Pd Upadhyay
ज्वाईं जस्तै गरेर मासुभात खान दिनु , अरुले अपराध गर्न थाल्छन् , अपराधी काे संख्या मज्जले बृद्धि हुनेछ ।
Surya Adhikari
चोरलाई ठिक छ ल बदाई चोर जतिलाई तुक्क
Durga Prasad Gelal
सज्जन लाइ जेल र झेल फैाजदारीलाइ तात्ताताे सेल।नेता र फाैजदारीकाे अब बल्ल हुने भाे राम्रो मेल।
चैना मा भ्रष्टाचारी ,फाैजदारी लाइ मृत्युदण्ड दिइन्छ ,60 बर्षमा अमेरिकाको हाराहारी पुगेको छ।नेपाल मा सम्रक्षण दिइन्छ ,60 बर्ष मा पुर्ण भिखारी बनाउने याेजनना हुनसक्छ ।
Bachun Kc
अपराधी लाई गणतन्त्र को फाइदा यहि हो
Karki Dinesh
The steps taken by police against criminals has been rewarded by law since begening..#in the name of investigation police should not dare to cross the limit granted by law..!!! check & balance is always enevitable to social justice…!!!?
Shrestha S Kumar
यो कानुन नेताले नै बनाएको होला , चोर ,अपराधी ,डाका सबै त उसैको नाता गोता ,बढिगार्ड , र सल्लाहकार हरु हुन्छन्न त , फगतमा बिचारा पुलिस दाइ के गरोस ?
Magarathuldai Thada
अभियुक्त,अपराधी आदिलाई सकेसम्म नसमातौँ समातिहाले पनि सलाम ठोकौ।।
Shyam Shubham Giri
अभियुक्त लाई गालामा म्वाई खाने ब्यबस्था आएकै हो त ?
Tekraj Khatri
netaharulai ta free hola ta hain
Mohan Koli
अपराध बध्न्ने भयो
Lok Bahadur Thapa
अपराधीलाई अनुशन्धान गर्दा कुटपिट गर्न हुन्न भने सीधै गोलीले ठोकने !भोलीबाट समाजमा चोरी,डकैटी,गुण्डा,गर्दी सबै समाप्त हुन्छ ! नियम यस्तो हुनु पर्छ ! ???
Surkheti Thito
अब प्रहरीको डिउटी पनि १०-५बनाउनु परो र अपराधीलाई अब १०-५बजे भित्र अपराध गर भनी माइकिङ गर्नु परो
Keshab Thapa
Pahila xut theyo r kut pit garnu lai
Pratik Kc
Chita ko subject
Shrisir Lama
यो साला पुलिस हौ भनेर शान देखाएर निर्दोष जनता लाइ कुटी कुटी दोसि कबुल गराउने बर्दिको बेइजत गर्ने घुसिया पुलिस लाई यो कानुन ठिक छ। नत्र भने अहिले सम्म भ्रष्टाचारी हरु पुलिस को आइजिपी उपेन्द्रकान्त ससस्त्र प्रहरी को कोसराज कति कति यो चोर हरु
Romeio Leon
A Country Of Guilts,,,,,Sins,,,,,, Crimes,,,,, Offences And A Contry Of Wrongdoers,,,,,Profligates,,,,,,,Criminals……………….ShowCase Investigation………..So Arduous……….
Bishnu Prasad Lamichhane
रम्रोभएन यस्तोत ।
Tribikram Jung Thapa
अब अभियुक्त को आरती उतार्दा बेश होला।
Trilokatma Adhikari
हाे अपराधिलाई कुट्नपाईदैन। बरु सुविधासम्पन्न महलमाराखि दम्पतिसहित बेलुका तारेहाेटलमा व्याबस्था गरियाेस्। जाे विश्वमा नमुनाहुनेछ । ताकि छिमेकि चाईनाले पनि पाठसिकाेश,।
Kn Kalwar
Police daman band hunupryo
Khagendra Gautam
यस्तो काम्ले अपराध बढी हुनेर काम गर्ने सुरक्षा करमी अधिकारी को मनोबल गीराउने काम हो यसरी हाम्रो मुलुक जन्ता खाल्डा मा हाल्ने खेल्हो यो
Shesraj Acharya
Police ko boli chi ati nohune sabdha kina bolxata galidinxa kutne panita sima hunxani
राजन अधिकारी
लौ सकिएन ! अपराधी जति सबै नेता मन्त्री र तिनीहरुका आफन्त हुने भएकालेे होला सायद यस्तो नियम ल्याएको ?
Shankar Panta
लौ अब अपराधीलाई त स्वर्गै हुने भो नी नेपाल,
हुन त गुण्डा,डन,फटाहाले चलाको देशमा एति सुबिधा त दिनै पर्यो नी।
Mahendra Budhathoki
नेपाल मा तेस्तो समाउनु हुदैन बरु प्रहरी लाई नै मार्यो भने तेस्ता लाई सलाम ठोक्नु पर्छ अनि देस मा अप्राद बढ्दैन सबै बिदेसिको इसारा मा हो
Dharma Raj Bhattarai
प्रहरी लाई गार्हो छ है नयाँ नेपालमा
Devendra Timsina
100% ठिक भो जेल मा आधा कैदि निर्दोष थुनिय का छन ?