बैठकमा किन जंगिए केपी ओली ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १७, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए ।
  • उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए ।
  • ‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?

प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए ।

‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।’ ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्डले धम्की नदिन भनेका थिए । त्यसपछि बैठकमा दुवै नेताबीच चर्काचर्की भएको थियो ।

बैठकमा प्रचण्डले बोल्दाबोलदै ओलीले जे मन लाग्यो त्यही बोल्न पाइन्छ ? भनी प्रश्न गरेका थिए । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् ।

मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

पार्टीभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेपनि टसमस भएका छैनन् । उनलाई सत्ताच्युत गर्ने विरोधीको प्रयास पनि सफल हुन सकेको छैन । प्रधानमन्त्री भइसकेका तीन नेता र उपप्रधानमन्त्री भइसकेका दुई नेताको मोर्चा बन्दा पनि ओली बलियै छन् । उनले उल्टै कारबाहीको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ योजना
मुख्यमन्त्रीको ‘बेटी पढाउ, बेटी बचाउ’ योजना
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
‘Dhadak’ title track will release on this date, Janhvi and Ishaan gave a sneak peek of it, watch
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
जन्ती चढेको बसमा ११ हजार भोल्टको करेन्ट प्रवाह , मृत्यु हुनेको संख्या ९ पुग्यो
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
कोरोना भाइरस दशकौँ अगाडी नै चमेरोमा देखिइसकेको अनुसन्धानको ठहर
असार ११ गते बुधबारको राशीफल यस्तो छ
अमेरिकामा विदेशी विद्यार्थीलाई भिसा नदिने पूर्व आदेश ट्रम्प प्रशासनद्वारा फिर्ता
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
सरकारको कामलाई डिस्टिङसन दिदै युवा संघ नेपालका सहसंयोजक पौडेल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल
खाद्यान्न, फलफूल, तरकारी ढुक्कसित खाँदा हुन्छ : मन्त्री खनाल

तपाईंले छुटाउनुभयो कि?