बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १, २०७४
|
|
२७ पटक हेरिएको
Shares
बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने-एमाले

सारांश

  • श्रावण १, २०७४- प्रमुख प्रतिपक्षी एमालेले संविधानविपरीत प्रतिनिधिसभाको सदस्य संख्या बढाउने कुरा आफूलाई अस्वीकार्य हुने बताएको छ ।
  • गत साता प्रधानमन्त्री निवासमा भएको प्रमुख दलको बैठकमा सत्तारूढ दलका नेताहरूबाट निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुभन्दा २ सय ४० निर्वाचन क्षेत्रलाई नै निरन्तरता दिनु उचित हुने मनसाय व्यक्त भएको थियो ।
  • एमाले स्थायी समितिको आइतबारको बैठकमा उक्त विषयमाथि समीक्षा भएको हो ।

श्रावण १, २०७४- प्रमुख प्रतिपक्षी एमालेले संविधानविपरीत प्रतिनिधिसभाको सदस्य संख्या बढाउने कुरा आफूलाई अस्वीकार्य हुने बताएको छ । गत साता प्रधानमन्त्री निवासमा भएको प्रमुख दलको बैठकमा सत्तारूढ दलका नेताहरूबाट निर्वाचन क्षेत्र निर्धारण आयोग बनाउनुभन्दा २ सय ४० निर्वाचन क्षेत्रलाई नै निरन्तरता दिनु उचित हुने मनसाय व्यक्त भएको थियो । एमाले स्थायी समितिको आइतबारको बैठकमा उक्त विषयमाथि समीक्षा भएको हो । बैठकले संविधानमा तोकिएभन्दा बढी क्षेत्र कुनै हालतमा बनाउन नहुने धारणा तय गरेको छ । समयमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नगर्ने नियतबाट यस्तो विषय आइरहेको ठहर एमालेको छ ।

‘समयमै निर्वाचन नगर्ने नियतबाट आएको यस प्रचारमा गम्भीर षड्यन्त्र लुकेको ठहर गर्दै हाम्रो पार्टी उक्त कुरा पूर्ण रूपमा अस्वीकार गर्दछ,’ एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने, ‘निर्धारित समयमै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न संविधानले व्यवस्था गरेअनुरूप १ सय ६५ निर्वाचन क्षेत्र निर्धारण गर्न अविलम्ब निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हाम्रो माग हो ।’

निर्वाचन क्षेत्र निर्धारण आयोग गठन नहुँदा प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारी गर्न नसकिएको भन्दै निर्वाचन आयोगले समेत सरकारको ध्यानाकर्षण गराइरहेको छ । साउन १५ भित्र क्षेत्र निर्धारणको प्रतिवेदन दिइए मात्र संविधानले तोकेअनुसार माघ ७ भित्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सहज रूपमा सम्पन्न गर्न सकिने जानकारी आयोगले सरकारलाई गराइसकेको छ । संसद्ले पनि क्षेत्र निर्धारण आयोग गठनसम्बन्धी ऐन गत चैतमै बनाइसकेको छ । तर सरकारले आयोग गठन गरेको छैन ।

निर्वाचन नतिजाको समीक्षालगायत विषयमा छलफल गर्न बसेको स्थायी समिति बैठकले आइतबारबाट सुरु गरिएको मतदाता नामावली अद्यावधिक कार्यमा सक्रियतापूर्वक लाग्न पार्टी कमिटीहरूलाई निर्देशनसमेत दिएको छ । सबै नागरिकलाई सहज र सुविधाजनक ढंगले मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाउन एमालेले निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएको छ । असोज २ गते हुने प्रदेश २ को निर्वाचनमा पनि पहिलो स्थान ल्याउन एकताबद्ध भएर परिचालित हुन पनि बैठकले पार्टी कमिटीलाई निर्देश गरेको छ । चुनावमा पार्टीका तर्फबाट निर्वाचितहरूलाई एमालेले साउनभित्रै अभिमुखीकरण तथा प्रशिक्षण दिने निर्णय गर्दै बैठकले त्यसका लागि मिति, स्थान र व्यवस्थापन गर्न प्रदेश कमिटीहरूलाई निर्देशन दिएको छ ।

एमालेले यसअघि स्थानीय तह निर्वाचनका कारण रोकिएका कमिटी, जनसंगठन र प्रवासी नेपाली मञ्चका अधिवेशन प्रदेश २ बाहेक अन्य स्थानमा खुला गरेको छ । अध्यक्ष केपी ओली निवासमा भएको बैठकमा स्थानीय चुनावमा पहिलो स्थान हासिल गरेको भन्दै केक काटेर नेताहरूले शुभकामना आदानप्रदान गरेका थिए ।
इकान्तिपुर बाट साभार ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
नेकपा टेम्पो होइन, जेट इन्जिन हो, दुईजना पाइलट चाहिन्छ : ओली
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
आफ्नो प्रेमीबाट गर्भवती बनेपछि न्युजील्याण्डकी प्रधानमन्त्रीले राखिन् यस्तो रेकर्ड
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
इजरायलले लेबनानी सीमा नजिकै थप १४ समुदायको बस्ती खाली गर्‍याे
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
प्रभावशाली नेताको प्रभाब आफ्नै गाउँटोलमा कमजोर हेर्नुहोस्/ कहाँ कस्तो अवस्था ..
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
यसरी भत्कियो गुल्मी मुसिकोट नगरपालिका जोड्ने पुल !!!
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
सन् २०२३ मा सामसुङ इलेक्ट्रोनिक्सको सञ्चालन मुनाफामा ८४.९ प्रतिशतले गिरावट
सामान्य अङ्कले घट्यो नेप्से
सामान्य अङ्कले घट्यो नेप्से
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण
प्रधानमन्त्री ओलीबाट हा लोङ खाडी भ्रमण
वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट
वामदेव पनि ओलीविरुद्ध केन्द्रित भएपछि नेकपामा नयाँ संकट
लमजुङमा १९ उम्मेदवारको धरौटी जफत
लमजुङमा १९ उम्मेदवारको धरौटी जफत

तपाईंले छुटाउनुभयो कि?