बैतडीमा १५० घर पहिराेकाे जोखिममा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
३८ पटक हेरिएको
Shares
बैतडीमा १५० घर पहिराेकाे जोखिममा !

सारांश

  • बैतडी, ८ भदौ ।
  • बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ ।
  • विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताए ।

बैतडी, ८ भदौ । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा यो वर्ष पनि पहिरोले क्षति गर्न थालेको छ । विसं २०१८ बाट खस्न शुरु गरेको सो पहिरोले वर्षेनी क्षति गर्दै आएको स्थानीय रामदत्त जोशीले बताए । डोल पहिरोका कारण अहिलेसम्म नौको मृत्यु भइसकेको छ । सयौँ रोपनी खेतीयोग्य जमीन बगाएको छ । पहिरोले १५० घर जोखिममा परेका छन् । पहिरोले बस्तीका पुरै घर बाङ्गा भइसकेको स्थानीय लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । भित्र कमेरोयुक्त माटो भएका कारण जमीन भासिँदै गएको र त्यसले घर बाङ्गा हुँदै गएका छन् । उनले भने, “पहिरोले पुरै गाउँ विस्थापित हुने अवस्थामा छ, लगातारको वर्षाले गाउँ नै पहिरोको जोखिममा छ ।” बस्ती तलतिरबाट जमीन भासिएपछि जोखिम बढेको हो ।

तत्कालीन राजा वीरेन्द्रले डोल बस्ती स्थानान्तरणका लागि हुकुमप्रमाङ्गी दिएको भए पनि राजनीतिक खिचातानीले बस्ती स्थानान्तरण हुन नसकेको स्थानीय बासिन्दा वीरसिंह भण्डारीले बताए । पहिरोले प्रत्येक वर्ष खानेपानी, पानीघट्ट लगायतका संरचना बगाएको छ । उनले भने, “अहिले पनि पहिरोले खेत बगाउने क्रम जारी छ ।” लगातारको वर्षाले स्थानीय बासिन्दा लोगसिंह भाटको घर तलतिर पहिरो खसेकाले घर नै जोखिममा परेको स्थानीय रामदत्त जोशीले बताए । घरको तलतिर पहिराले सबै आँगन बगाएपछि अहिले भाट परिवारलाई समस्या भएको छ । आर्थिक अवस्था राम्रा भएकाले बसाइँसराइ गरिसकेका छन् भने कमजोर भएका जोखिममा बस्न बाध्य भएका स्थानीय नैनसिंह गोयलाले जानकारी दिए । सो ठाउँका १५ बढी परिवारले बसाइँसराइसमेत गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
नाइजेरिया फुटबल टिमका कप्तान: जस्ले बुबा भन्दा १ सय ८० मिलियन नाइजेरियन राेजे
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
निर्मला पन्त प्रकरण: आफूलाई राजा साहेब ठानेका विष्टले अन्य प्रहरीलाई पनि आफूसँगै अनुसन्धानमा ताने !
नेपाल प्रहरीका २८ जना डीएसपी लाइ एसपी मा बढुवा गर्न सिफारिस !
नेपाल प्रहरीका २८ जना डीएसपी लाइ एसपी मा बढुवा गर्न सिफारिस !
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
देउवाविरोधी मोर्चाले हान्दै सिटौला, यसरी बन्दैछन कांग्रेस भित्रको स्ट्राइकर
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
साढे ३३ केजी सुन काण्ड: अभियुक्त टेकराज ठकुरी भन्छन ‘सनमलाई करेन्ट लगाएर मारियो ‘
‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
‘पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
कामकाजमा आएन थारु भाषा !
कामकाजमा आएन थारु भाषा !
राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान
राष्ट्रपति भण्डारी आइसल्याण्ड प्रस्थान

तपाईंले छुटाउनुभयो कि?