बैशाख ९ नजिकिएपछि प्रचण्डले भने, “पार्टी एकता बैशाख महिनामै हुन्छ”
सारांश
- चितवन, ५ बैशाख ।
- नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताएका छन् ।
- यसअघि बैशाख ९ मै पार्टी एकता हुन्छ भन्दै आएका अध्यक्ष प्रचण्डले बैशाख ९ नजिकिएपछि बैशाख महिनामै हुन्छ भन्न थालेका हुन् ।
चितवन, ५ बैशाख । नेकपा (माओवादी केन्द्र) अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताएका छन् । यसअघि बैशाख ९ मै पार्टी एकता हुन्छ भन्दै आएका अध्यक्ष प्रचण्डले बैशाख ९ नजिकिएपछि बैशाख महिनामै हुन्छ भन्न थालेका हुन् ।
चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्तरुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बैशाखमै पार्टी एकता हुने बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने, “अब कोसिस गर्दै छौं । आज हामी सबै देशभरि पुगेका छौं । भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति फिक्स हुन्छ ।” यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।
अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताए ।
“कुनै विवाद भयो भन्ने कुरा भने बिल्कुलै होइन । संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्बोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ”, अध्यक्ष प्रचण्डको भनाई थियो ।
प्रतिक्रिया