बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १९, २०७७
|
|
२५ पटक हेरिएको
Shares
बोत्सवानामा सयौँ हात्तीहरु मृत अवस्थामा भेटिए

सारांश

  • एजेन्सी, १९ असार ।
  • विगत दूई महिना देखि बोत्सवानामा सयौँको संख्यामा हात्तीहरु मृत अवस्थामा फेला परिरहेका छन् ।
  • मे महिनाको सुरुवात देखि उक्त क्षेत्रमा करिब तीन सय ५० हातीहरु मृत भेटिएको उच्च अधिकारीहरुले जनाएका छन् ।

एजेन्सी, १९ असार । विगत दूई महिना देखि बोत्सवानामा सयौँको संख्यामा हात्तीहरु मृत अवस्थामा फेला परिरहेका छन् । मे महिनाको सुरुवात देखि उक्त क्षेत्रमा करिब तीन सय ५० हातीहरु मृत भेटिएको उच्च अधिकारीहरुले जनाएका छन् ।

हात्ती त्यस क्षेत्रमा अचानक मरिरहेको कारण भने अझ अन्योल रहेको जनाइएको छ । सरकारले परिक्षण गर्दा समेत केही नभेटिएको पुष्टि समेत भएको छ । हात्तीको एक तिहाई जनसंख्याको क्षेत्र बोत्सवानालाई मानिने गर्दछ । अमेरिकाको सहयोगमा रहेको नेश्नल पार्कमा अमेरिकी सरकारले समेत निगरानी तीव्र गरेको छ । हात्तीको मृत्यु संख्यामा वृद्वि हुनुले थूप्रै आशंकाहरु पैदा गरको छ । तर, यसलाई खडेरीसंग दाज्न नमिल्ने विषयमा अधिकारीहरुको जोड थियो । उक्त घटनाहरु शिकारमार्फत नभएको विषयलाई बोत्सवाना सरकारले स्पष्ट पारेको छ ।सो क्षेत्रमा हात्तीबाहेक अन्य जनावर नमरेको समेत जनाइएको छ । शिकार गर्न प्रयोग गरिएको साइनाडले हात्ती समेत अन्य जनावरलाई समेत हानी हुनु पर्ने तर, नभएको अधिकारीहरुको जोड थियो । हात्तीहरु स्वतह विना कुनै कारण ढलिरहेका छन् । मारिरहेको हात्तीलाई अन्य हात्तीले घेरा बनाई सहयोग पुर्याउन मद्दत गर्ने खोज्दछ ।

हात्तीहरुको मस्तिष्क प्रणालीमा केही खराबी देखिएको समेत अधिकारीहरुले बताएका छन् । तर, उक्त विषय भने पुष्टि भएको छैन् । उक्त क्षेत्रको माटो वा पानीको कारण रहेको छ भने यसले मानिसमा कुनै प्रकारको हानी नपुर्याउन जनाइएको छ । कारोना जस्तै महामारी जनावरमा समेत देखिएको निकै डरलाग्दो रहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
खोटाङमा भूमिहीनलाई निस्सा वितरण
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
‘पर्सनालिटी अफ दी इयर’ को अवार्ड कुलमान घिसिङ लाई
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
विश्वकै पुरानो वेभक्याम बन्द गरिदै, २५ वर्षदेखि निरन्तर चलिरहेको थियो
“ साम्सदलाई ६ करोड : बादरलाई लिस्नो “-निर्मल घिमिरे
“ साम्सदलाई ६ करोड : बादरलाई लिस्नो “-निर्मल घिमिरे
चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह
चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन
आयल निगमको अनियमितता छानबिन गर्न उपसमिति गठन
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु
२२ तले धरहरा निर्माणका लागि उपकरण, जनशक्ति र निर्माण सामग्री ल्याउन सुरु
सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
सशस्त्र प्रहरीद्वारा इटालियन पेस्तोल सहित ४ पक्राउ
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने

तपाईंले छुटाउनुभयो कि?