बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शनः प्रधानमन्त्री देउवा
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ ।
- आज बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताउनु भएको हो ।
- साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनु भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रलाई जीवन्त र संगठित बनाउनका लागि बौद्ध दर्शन प्रवद्र्धन गर्नुपर्ने बताउनु भएको छ ।
आज बिहान बिमस्टेकको पाँचौँ शिखर सम्मेलनलाई भर्चुअल सम्बोधन गर्नुहुँदै देउवाले बिमस्टेक क्षेत्रलाई जोड्ने बलियो आधार बौद्ध दर्शन नै भएको बताउनु भएको हो ।
साथै प्रधानमन्त्री देउवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जोड्ने बुद्धिस्ट सर्किटलाई छिट्टै सञ्चालनमा ल्याइनुपर्नेमा जोड दिनु भएको छ । बुद्धको जन्मस्थल लुम्बिनी, बुद्धत्व प्राप्त गरेको बोधगया, धर्मको प्रचार सुरु भएको सारनाथ र बुद्धले महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरलाई जोड्ने गरी बुद्धिस्ट सर्किट योजना अघि सारिए पनि सञ्चालनमा भने आएको छैन ।
त्यस्तै प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनका सम्बन्धमा पनि कडा कदम चाल्नुपर्नेमा जोड दिनु भएको छ । जलवायु संकटले हिमाल र महासागरबीचको जैविक सम्पर्कलाई असर गरिरहेको उहाँले बताउनु भएको छ । त्यस्तै प्रधानमन्त्री देउवाले खोप र स्वास्थ्य प्रणाली र सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा पनि जोड दिनु भएको छ ।
प्रतिक्रिया