मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
सारांश
- मुम्बई।
- मलाइका अरोडा यतिबेला आफूभन्दा १२ वर्ष कान्छो अर्जुन कपूरको प्यारमा मस्त छिन्।
- यी दुवै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्।
मुम्बई। मलाइका अरोडा यतिबेला आफूभन्दा १२ वर्ष कान्छो अर्जुन कपूरको प्यारमा मस्त छिन्। यी दुवै लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। उनीहरु केही पहिला छुट्टि मनाउन माल्दभ्सि गएका थिए। केही दिन पहिला मलाइक अरोडाले आफ्नी साथी करीना कपुरसँग अरबाज खानसँगको सम्बन्धका विषमया निकै कुरा खोलिन्। मलाइकाले करीनासँग उनको शो ‘ह्वाट वुमन वान्ट’ मा भनेकी मलाइका र अरजाब दुवै जना आपसी सम्बन्धबाट खुशी नभएको बताइन्।
मलाइकाले सम्बन्ध विच्छेद हुनु भन्दा एक रात अगाडिको घटना सुनाउँदै भनेकी थिइन्, ‘ सम्बन्ध विच्छेदको एक दिन पहिला पूरै परिवार सँगै थियो। मलाइ सोधिँदै थियो की मेरो निर्णयप्रति म शतप्रतिशत ढुक्क छु। यी ती शब्द थिए, जो मैले सबैसँग र सही सही सुनेकी थिएँ।’
मलाइकाले अगाडि भनेकी थिइन्, ‘एउटा सत्य के हो भने एक व्यक्तिकालागि सम्बन्ध विच्छेदपछि अगाडि बढ्न सजिलो हँदैन। तर म जुन स्वभावकी मानिस हुँ, त्यसकालागि धेरै खुशीले अर्थ राख्छ। यो अवस्थामा हामी दुई मानिस थियौं हामी एक अर्काप्रति खुशी थिएनौं, र यसको असर सबैमाथि परिरहेको थियो। जो हाम्रो नजिकै थिए। जब एक जोडी सँगै भएर खुशी रहन सक्दैन, तब उसको बच्चाकालागि यस्तो माहोल निकै नोक्सानदायी हुन्छ।’
केही दिन पहिला माल्दिभ्सबाट फर्किएपछि अर्जुन र मलाइका मुम्बईको लीलावती अस्पताल बाहिर देखिएका थिए। त्यसपछि दुवै जना चंकी पाण्डेको पार्टीमा पनि सँगै देखिएका थिए।
मलाइका अरोडाले इसाराले नै भएपनि अर्जुन कपुरसँगको रिलेशनलाइ स्वीकार गरेकी छन्। ‘कफी विद करन’ मा मलाइकाले भनेकी थिइन्, ‘म कसैसँग रिलेशनशीमा छु।’
केही दिन पहिला ‘कफी विद करन’ शोमा प्रियंका चोपडा र करीना कपुरले अर्जुन–मलाइकाबीचको रिलेशनशीपका विषयमा कन्फर्मेशन दिएकी थिइन्।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया