भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी
सारांश
- भक्तपुर।
- भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ ।
- हिजो साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित फर्निचर कारखानामा ७ बजेदेखि आगलागी सुरु भएको थियो ।
भक्तपुर। भक्तपुरको एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ । हिजो साँझ भक्तपुरको सूर्यविनायक नगरपालिका–५, चुनदेवीस्थित फर्निचर कारखानामा ७ बजेदेखि आगलागी सुरु भएको थियो ।
आगलागीको कारण र यसबाट भएको क्षतिबारे यकिन भइसकेको छैन । फर्निचर काराखानामा भएको आगलागीबाट सँगैको एक घरमा सामान्य क्षति पुगे पनि मानवीय क्षति कतै नभएको र कारखानासँगैको अर्को दुईवटा घरलाई क्षति हुनबाट जोगाएको प्रहरीले जनाएको छ ।
पाँचवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । हावाहुरीसहित भइरहेको वर्षाका कारणले आगलागी नियन्त्रणमा ल्याउन झन् समस्या भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया