सर्वोच्च अदालतको प्रश्न: रेपपछि पीडकलाई ‘आई लभ यू’ भनिन्छ र ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ६, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सर्वोच्च अदालतको प्रश्न: रेपपछि पीडकलाई ‘आई लभ यू’ भनिन्छ र ?

सारांश

  • बलात्कारसँग जोडिएका घटनामा फैसला गर्नु अदालतका लागि चुनौतीपूर्ण हुन्छ ।
  • खासगरी ‘साथी सम्बन्ध’ मा बलात्कार भएका या यौन हिंसाको रिटमा अदालतका लागि के सम्म स्वेच्छिक हो र के जबर्जस्ती हो भन्ने कुरा छुट्टयाउन गा¥हो हुन्छ ।
  • भारतमा यस्तै एउटा चर्चित घटनामा अदालतको फैसला अहिले चर्चामा छ ।

बलात्कारसँग जोडिएका घटनामा फैसला गर्नु अदालतका लागि चुनौतीपूर्ण हुन्छ । खासगरी ‘साथी सम्बन्ध’ मा बलात्कार भएका या यौन हिंसाको रिटमा अदालतका लागि के सम्म स्वेच्छिक हो र के जबर्जस्ती हो भन्ने कुरा छुट्टयाउन गा¥हो हुन्छ ।

भारतमा यस्तै एउटा चर्चित घटनामा अदालतको फैसला अहिले चर्चामा छ । घटना चर्चामा आउनुका पछाडि यसको प्रकृति र यसमा जोडिएका चर्चित पात्र हुन ।

सर्वोच्च अदालतले चर्चित चलचित्र ‘पिपली लाइभ’का सह निर्देशक महमूद फारुकीविरुद्धको बलात्कार मुद्दामा उच्च अदालतको फैसलालाई सदर गरेपछि यसले ठूलो बहस सिर्जना गरेको छ ।

उच्च अदालतले फारुकीलाई निर्दोष बताउँदै रिहा गर्ने फैसला गरेको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध महिलाका तर्फबाट सर्वोच्च अदालतमा परेका रिट निवेदनको बहसका क्रममा न्यायाधिशहरुले साथी साथीबीच हुने यौनसम्बन्धमा के कति कुरालाई स्वीकृति मान्ने र के कतिलाई जबर्जस्ती मान्ने विषयमा समेत आफ्नो धारणा राखेको छ । पीडित पक्षका वकिलसँग अदालतले सोध्यो– घटनापछि पीडितले आरोपीलाई ‘आई लभ यू’ भनेका बलात्कारका कति मुद्दा देख्नु भएको छ ?

भारतीय सर्वोच्च अदालतमा शुक्रबारका दिन न्यायाधिश एस.ए. बोबडे र न्यायाधिश नागेश्वर रावको बेन्चले पहिलो सुनवाईमा नै उच्च अदालतलाई चुनौती दिने रीट खारेज गरेका थिए । बेन्चले उच्च अदालतले सबै पक्ष विचार गरेर फैसला गरेकोले यसमा हस्तक्षेपको आवश्यकता नभएको फैसला गरेको छ ।

पिपली लाईभका सह निर्देशक फारुकीको घटना निकै चर्चित बनेको थियो । यो घटनासँगै ‘यौनसम्बन्धमा सहमति’का बारेमा निकै चर्चा शुरु भएको थियो । साथी साथीबीच एक सीमासम्म सम्बन्ध हुने तर त्यहीबीचमा महिलाले ‘हुन्न’ भन्दा त्यसको के अर्थ लगाउने ? भन्ने विषयमा फारुकीको मुद्दाले केही नयाँ नजिर समेत अगाडि सारेको छ ।

सर्वोच्च अदालतका अनुसार, फारुकी घटनामा बलात्कारको आरोप लगाउने महिला र फारुकीका बीचको सम्बन्ध साथी भन्दा अलि बढी नै थियो । प्रमाणहरुका आधारमा दुबै एउटा अन्तरङ्ग सम्बन्धमा रहेको देखिन्छ । महिलाले घटनाअघि फारुकीलाई चुम्बन गरेको र सँगै बसेर रक्सी समेत सेवन गरेको स्वीकार गरेकी छिन् । तर सँगै बसेर रक्सी पिउनुको अर्थ महिलाले यौनसम्बन्धका लागि स्वीकृति नै दिएको अर्थ बेन्चले लगाउँदैन । तर घटनाको प्रकृतिले दुबैबीचको सम्बन्ध प्राकृतिक भएको अवश्य पनि देखाउँछ ।

कोर्टले महिलाका तर्फबाट फारुकीलाई पठाएको इमेलको उल्लेख गर्दै घटनापछि समेत महिलाले फारुकीलाई प्रेम प्रकट गरेको उल्लेख गरेको छ ।

‘हुन्न’ भनेपछि ‘हुन्न’ को बहस

साथीसँग कुन सीमासम्मको सम्बन्ध प्राकृतिक हो भन्ने विषयमा फारुकी घटनाले ठूलो बहस सिर्जना गरेको थियो । त्यसमा पनि फैसला आउने बेला संसारभरि नै ‘मी टू’ क्याम्पेन नै चलेको छ । तर सर्वोच्च अदालतको फैसलाले सम्बन्धहरुमा ‘हुन्न’ भन्ने कुरामा नयाँ आधार दिएको छ । सर्वोच्चको भनाईमा “कमजोर हुन्न’को अर्थ ‘हुन्न’ भन्ने अर्थमा नहुन पनि सक्छ ।

अदालतको यो फैसलाको असर सम्बन्धहरुमा सहमति या गैर मौखिक प्रतिरोधलाई अदालतले कसरी लिने भन्ने कुरामा पनि पर्ने छ । सर्वोच्च अदालतमा महिलाका पक्षबाट अधिवक्ता बृन्दा ग्रोवर र अनिन्दिता पुजारीले आफ्नो पक्ष राखेका थिए । उनीहरुले घटनाअघि दुईपटक सहमतिमा भएका सम्बन्धका आधारमा उक्त घटनालाई हेर्न नसकिने तर्क दिएका थिए ।

तर बेन्चले भने यो तर्कलाई स्वीकार गरेन । बेन्चका अनुसार, साथीको मात्रै सम्बन्ध भएको बेला ‘चुम्बन’ हुँदैन । चुम्बनको अवस्था भनेको उनीहरु आपसी सम्बन्धमा हुने कुराको संकेत हो । यहाँ अपरिचितहरु आपसमा भेटका थिएनन् बरु परिचितहरु सम्बन्धमा थिए । बेन्चका अनुसार महिला निकै डराएको कारण फारुकीको प्रतिरोध गरेको कुरा समेत स्थापित नहुने बतायो ।

उच्च अदालतले समेत फारुकी घटनामा सबै अवस्थामा ‘हुन्न’ को अर्थ ‘हुन्न’ नै हुन्छ भन्न नसकिने फैसला सुनाएको थियो । कतिपय घटनाहरु हेर्दा महिलाद्वारा ‘कमजोर हुन्न”को अर्थ “हुन्छ” पनि हुनसक्छ ।

फिचर तस्वीरः दक्विन्टडटकमबाट

waterfordbanquet.com

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शववाहन खरिद गर्न फुटसल
शववाहन खरिद गर्न फुटसल
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)
ओली-दाहाल निर्णायक वार्ता सुरु पौडेल, शर्मा, पोखरेल र पुनपनि सहभागी)
मृतक श्रीमानको अन्त्येष्टि गर्दा लफडा, विवाद उच्च अदालतसम्म पुग्याे
मृतक श्रीमानको अन्त्येष्टि गर्दा लफडा, विवाद उच्च अदालतसम्म पुग्याे
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो:  पुष्पकमल दाहाल प्रचण्ड
गोविन्द केसीको अनशनलाई निहुँ बनाएर ‘धमिलो पानीमा माछा मार्न खोजियो: पुष्पकमल दाहाल प्रचण्ड
मुम्बईबाट लुकिछिपी नेपाल आएका ५ जनामै कोराना संक्रमण
मुम्बईबाट लुकिछिपी नेपाल आएका ५ जनामै कोराना संक्रमण
विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
विप्लवको नेकपाका पोलिट्व्युरो सदस्य ओमप्रकाश गिरफ्तार
खानेकुराको गुणस्तर जाँच्ने मेसिन नेपालमा
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
कर्मचारीको पहिलो रोजाई प्रदेश नम्बर ३ र ४
विहान बालुवाटारमा परामर्श, साँझ ललितपुरमा ३० नेतासँग प्रचण्डको छलफल

तपाईंले छुटाउनुभयो कि?