कोरोना संक्रमण : मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २०, २०७६
|
|
२७ पटक हेरिएको
Shares
कोरोना संक्रमण : मनमोहन अस्पताल कोरोना नियन्त्रण सहकारी केन्द्र

सारांश

  • काठमाडौं।
  • स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’ का रुपमा विकसित गरिएको छ ।
  • ६३औँ सहकारी दिवसको अवसर पारेर आज अस्पताल परिसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उक्त अस्पताललाई सो केन्द्रका रुपमा विकास गरिएको घोषणा गरिन्।

काठमाडौं। स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई ‘कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण सहकारी केन्द्र’ का रुपमा विकसित गरिएको छ । ६३औँ सहकारी दिवसको अवसर पारेर आज अस्पताल परिसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले उक्त अस्पताललाई सो केन्द्रका रुपमा विकास गरिएको घोषणा गरिन्। राष्ट्रिय सहकारी महासङ्घको नेतृत्वमा केन्द्र स्थापना गरिएको हो ।

सो अवसरमा उक्त अस्पताललाई एक थान भेन्टिलेटर, स्वास्थ्यकर्मीका व्यक्तिगत सुरक्षाका सामान (पिपिइ) लगायत रु २० लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको थियो । नेपाल स्वास्थ्य सहकारी संस्था लिमिटेड (नेको नेपाल) द्वारा सञ्चालित उक्त अस्पतालले कोरोना सङ्क्रमित व्यक्तिको उपचारका लागि करिब २० श्ययाको आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ ।

सो अवसरमा मन्त्री अर्यालले मनमोहन अस्पतालले कोरोना सङ्क्रमितको उपचार गर्न थालेको तयारीबारे जानकारी लिएकी थिइन्। उनले सो भाइरसको रोकथाम र नियन्त्रणमा सरकारकाले उच्च प्राथमिकता दिएको बताइन्। कार्यक्रममा नेको नेपालका अध्यक्ष एवं प्रदेशसभा सदस्य राजेन्द्र पाण्डेले सहकारीका क्षेत्रबाट जनस्वास्थ्यमा उल्लेख्य काम गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न आफूहरुले अस्पताललाई कोरोना नियन्त्रण सहकारी केन्द्रका रुपमा विकास गरेको जानकारी दिए। कोरोना नियन्त्रण सहकारी व्यवस्थापन समितिका संयोजक ओमदेवी मल्लले कोभिड–१९ पूर्णरुपमा नियन्त्रणमा नआएसम्म अस्पतालमा स्थापना गरिएको केन्द्र सञ्चालनमा आइरहने बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?