बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल

सारांश

  • गोरखा १५, फागुन ।
  • नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ ।
  • गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताउनुभयो ।

गोरखा १५, फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ ।

गोरखाको गण्डकी गाउँपालिका–७ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन कार्यक्रममा मङ्गलबार गोरखा र धादिङको सिमानामा निर्माण गर्न लागिएको उक्त आयोजनाले राष्ट्रिय महत्व बोकेको भन्दै अध्यक्ष दाहालले त्यसलाई कुनै पनि हालतमा ढिलासुस्ती हुन नदिने बताउनुभयो ।

“म आफैँ प्रधानमन्त्री भएको बेलामा बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडि बढाउनैपर्छ भनेर चिनियाँ कम्पनीसँग समझदारीपत्रमा सम्झौता गरेर निर्माण अगाडि बढाउन थालेको हो”, उहाँले भन्नुभयो, “केही ढिलाइ त भयो तर अहिले आयोजनाले विस्तारै गति लिँदैछ ।”

आयोजनाको डुबान क्षेत्रमा पर्ने र पूर्णरूपमा विस्थापित हुने प्रभावित क्षेत्रका जनतालाई मुअब्जा वितरणको काम ठिक ढङ्गले अघि बढेको भन्दै मुआब्जा निर्धारण हुन बाँकी रहेको क्षेत्रको पनि छिट्ट्रै मुआब्जा निर्धारण गर्ने तयारी भइरहेको अध्यक्ष दाहालले बताउनुभयो । “यो आयोजना खाली विद्युत् निकाल्ने आयोजना मात्र होइन”, दाहालले भन्नुभयो, “यसले नेपालको विकासका लागि दीर्घकालीन महत्व राख्छ ।”

आयोजना निर्माण गर्दा जनतालाई मर्का नपर्ने गरी सरकारले मुअब्जा वितरणको कामलाई अघि बढाएको उहाँले बताउनुभयो । “गाउँघर तथा शहरको घर र जग्गाको मूल्यको उचित मूल्याङ्कन सरकारले गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो, “डुबान क्षेत्रका जनतालाई मार नपर्ने गरी मूल्याङ्कन हुन्छ ।” विशेषगरी गोरखाको मुख्य व्यापारिक केन्द्र आरुघाट बजार र धादिङको खहरे क्षेत्रको मुआब्जा निर्धारण बाँकी रहेको भन्दै उहाँले अब त्यसको पनि टुङ्गो लाग्ने बताउनुभयो ।

अध्यक्ष दाहालले आयोजना गोरखा र धादिङ मात्र नभएर सम्पूर्ण नेपाली जनताको लागि महत्वपूर्ण आयोजना भएको उल्लेख गर्नुभयो । बूढीगण्डकी जलविद्युत् आयोजनाले देशलाई आर्थिक समृद्धितर्फ लैजान योगदान पु¥याउने भएकाले यस्ता खालका राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथामिकतामा राखेर काम अघि बढाउने उहाँको भनाइ थियो ।

उहाँले आफूले विगतको १० वर्ष भूमिगत आन्दोलनमा बिताएको र त्यसपछिको १० वर्ष शान्ति र संविधानका लागि बिताएको भन्दै अबको १० वर्ष देशको आर्थिक समृद्धिका लागि बिताउने बताउनुभयो । सरकार गठन भएको एक वर्षको अवधिमा जनताको अपेक्षाअनुसार काम हुननसकेकाले अब नयाँ नीति तथा कार्यक्रममार्फत निर्वाचनका बेला गरेका प्रतिबद्धतालाई पूरा गरेर अघि बढ्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
डिस्चार्ज भएर शीतल निवास फर्किए राष्ट्रपति पौडेल
पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा
पहिलो एकदिवसीय क्रिकेटः खेल समिक्षा
Tips on how to Manage Building your project Using the Advanced Board Portal
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
वज्रयान महाविहारमा लोकेश्वरको मुर्ति स्थापना
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
गुठी विधेयकको विरोधमा क्षेत्री समाज पनि तात्तियो, नसच्याए कडा आन्दोलन गर्ने चेतावनी
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ  अध्यक्ष दाहाल
सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ अध्यक्ष दाहाल
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
कडा निर्णय लिने स्थिती नआओस्, आ–आफ्नो कर्तव्य बोध गरौँ : अर्थमन्त्री खतिवडा
ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
ओली चीन जाँदै, मिति तय गर्न दुवै देशका राजदुतलाई हम्मे हम्मे !
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
राहत संकलन अभियानमा नेपाली जनसम्पर्क समितिले उठायो ४ लाख ३० हजार
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो
वनले जग्गा उपलब्ध नगराएपछि मोदीको नेपाल भ्रमण रोकियो

तपाईंले छुटाउनुभयो कि?