परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १६, २०७५
|
|
१६ पटक हेरिएको
Shares
परेको म ब्यहोर्छु, ओली र प्रचण्डको भर परे सखाप हुन्छ भन्दै यसरी नाचे बामदेव

सारांश

  • काठमाडाै, १६ वैशाख ।
  • एमाले बरिष्ठ नेता बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता के कारणले रोकिएको हो, त्यो आफूलाई थाहा नभएको बताएका छन्।
  • सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरेका छन्।

काठमाडाै, १६ वैशाख । एमाले बरिष्ठ नेता बामदेब गौतमले एमाले–माओवादी केन्द्रबीचको एकता के कारणले रोकिएको हो, त्यो आफूलाई थाहा नभएको बताएका छन्। सबै कुरा टुङ्गिएपनि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकतामा ढिलाई गरेको बताउँदै गौतमले तलबाट एकता प्रक्रिया सुरु आव्हानसमेत गरेका छन्।

एकता संयोजन समितिको सदस्य समेत रहेका एमाले बरिष्ठ उपाध्यक्ष गौतमले एमाले र माओवादी केन्द्रको सिन्धुली–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार (१५ बैशाख) गोदाबरी (ललितपुर) मा आयोजित बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै ओली–प्रचण्डका कारण एकताका ढिलाई भएको र ढिलाईको कारण आफूले पनि थाहा नपाएको बताएका हुन्।

सवालजवाफ
बनभोज कार्यक्रममा सिन्धुली–२(क) का एमाले प्रदेश सभा सदस्य बिनोद खड्काले नेताहरुले एकतामा ढिलाई गरे सिन्धुलीबाट पार्टी एकताको थालनी गर्न बताएका थिए। त्यसैको अभ्यासस्वरुप दुबै पार्टीका सिन्धुली काठमाडौं सम्पर्क मञ्चले संयुक्त रुपमा बनभोज आयोजना गरेको र अझै ढिलाई भए जिल्ला तहमा औपचारिक एकताको थालनी गरिने चेतावनी दिएका थिए।

‘यत्तिका महिना बितिसके, तर एकता हुँदैन, नेताहरु सँधै हाम्रो छलफल भइरहेको छ मात्र भन्छन्’ प्रदेश सभा सदस्य खड्काको भनाई थियो, ‘कार्यकर्ताले हामीलाई मार्ने बेला भइसक्यो, नेताहरुले एकता एकता भन्छन्, तर एकता हुँदैन। यसले गर्दा हामी कार्यकर्ताहरु तल जनताको बीचमा जान अप्ठेरो भइसक्यो। त्यसैले, एकताको औपचारिक सुरुवात सिन्धुलीबाट सुरु हुन्छ।’

कार्यक्रममा माओवादी केन्द्रको तर्फबाट नेता अग्नि सापकोटा उपस्थित थिए। खड्काले केन्द्रमा नभए जिल्ला तहबाट एकता प्रयास सुरु गर्ने चेतावनी दिएपछि सापकोटाले एकता प्रक्रियागत रुपमा हुनुपर्ने बताए। सापकोटाको भनाई थियो, ‘मुलुक बिग्रेको प्रक्रिया प्रक्रिया नमानेर हो, पार्टी एकता कसरी गर्ने, त्यसको पनि प्रक्रिया हुन्छ। विना प्रक्रिया एकता गरियो भने झन अराजकता सिर्जना हुँदैन ?

आक्रोसित गौतम
सापकोटापछि बोलेका एमाले उपाध्यक्ष गौतमले प्रदेश सभा सदस्य खड्काको भनाईको समर्थन गरे। ‘एकताका लागि राजनीतिक प्रतिवेदन तयार छ, विधान पनि तयार भइसकेको छ, धेरै कुरा मिलिसकेका छन्, तर पनि एकता हुँदैन, किन भइरहेको छैन, मलाई पनि थाहा छैन’ गौतमले भने, ‘त्यसैले, अब एकता माथिबाट होइन, तलबाट गर्नुपर्छ, केही अप्ठेरो परे म बेहोरौंला।’

१७ असोजमा गर्ने भनिएको एकता हुन नसक्नुको गुदी कारण के हो, त्यसबारे एकता संयोजन समितिका अन्य सदस्यलाई ओली र प्रचण्डले जानकारी नगराएको गुनासो पनि गौतमले गरे। ‘एकता नहुनुको कारण ओली र प्रचण्डबाहेक अरु कसैलाई थाहा छैन’ गौतमले भने, ‘उहाँहरुबीच के के कुरा हुन्छन्, एकता संयोजन समितिमा रहेका हामीलाई समेत जानकारी गराइन्न।’

आफू धेरै एकता प्रक्रियामा सहभागी भएपनि यत्तिको जटिल एकता आफूले अरु नदेखेको गौतमले बताए। ‘प्रचण्डले माओवादी घटकबीच १६ पटक एकता गराउनु भयो रे ! ०४७ मा माले-मार्क्सवादी बीच एकता भएर एमाले बनेयता विभिन्न समूहसँग ४६ पटक एकता भइसक्यो, ती सबैजसो एकतामा म आफैं संलग्न छु’ गौतमले भने, ‘तर एमाले–माओवादी केन्द्रबीच जत्तिको जटिल एकता मैले देखेको छैन।’

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Hari Bahadur BC

    सालाखाला ग रेर पो पार्टी यक भएकोे अब्स्थामा पार्टी दिगो रहन्छ न्त्र त फेरी पुनर मुसिको भब ?

    Comment Author

    Prakash Thapa

    Hawa maa post garne stupid…….

    Comment Author

    Mahesh Raut

    तिमी ले

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?