राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
१८ पटक हेरिएको
Shares
राष्ट्रिय युवा परिषद् द्वारा युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

सारांश

  • काठमाडौँ, १६ साउन ।
  • राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।
  • परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए ।

काठमाडौँ, १६ साउन । राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ ।

परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताए । उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए। अहिले ऐनमा युवाको उमेर १६–४० वर्ष रहेको छ । नयाँ उमेर संशोधनका लागि युवा तथा खेलकूद मन्त्रालयमा मस्यौदा पेश गरिएको छ । “१६ र ४० वर्षको युवालाई एकै ठाउँमा राखेर प्रतिस्पर्धा गर्न सक्दैनन्” उनले भने– “त्यसैले उनीहरुको प्रतिस्पर्धा एकै समूहमा बनाउनका लागि उमेर घटाइएको हो ।”

संयुक्त राष्ट्र संघको मापदण्डअनुसार युवाको उमेर १५–२५ वर्ष रहेको छ । अधिकांश देशले १६–३५ को वर्षलाई युवाको उमेर मानेका छन् । यसैगरी परिषद्को ऐनमा जिल्ला युवा विकास समितिलाई खारेज गरिएको छ । संघीय संरचनाअनुसार केन्द्रमा राष्ट्रिय युवा परिषद्, प्रदेशमा प्रदेश युवा परिषद्, हरेक स्थानीय तहमा गाउँ÷नगर युवा विकास परिषद् बनाउने ऐनमा प्रस्ताव गरिएको परिषद्का उपसचिव धु्रवराज पौडेलले जानकारी दिए। उनले खारेज गरिएको जिल्ला युवा समितिलाई एक वर्षभित्र हटाइने बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला युवा परिषद्लाई खारेज गर्दै जिल्ला समन्वय समितिमा राख्ने निर्णय गरेको थियो । अहिले ७७ जिल्लामा जिल्ला युवा विकास समिति रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
एमालेको काठमाडौं-५ मा पाँच किलोमिटर पदयात्रा
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
५५ हजार क्षतिपूर्ति भराएर उजुरी रोक्दा बलात्कृत किशोरीद्वारा आत्महत्या
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
डडेल्धुरामा बस दुर्घटना, चार जनाको मृत्यु
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा  ।
“एमाले-माअोवादीको गठबन्धनले अधिनायकवाद निम्त्याउछ “-आरजु राणा देउवा ।
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु, विश्वभर मृत्यु हुनेको संख्या झण्डै पाँच हजार
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
अर्थ समितिको पहिलो बैठक : अर्थतन्त्र सुधारदेखि स्टक लाइसेन्सबारे छलफल
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो : प्रधानमन्त्री
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
लोभ देखाएर नागरिकता, राहदानी लिने मान्छेदेखि सावधान
कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन
कारबाहीको माग गर्दै देशभर दबाबमूलक प्रदर्शन
सडक दुर्घटना एकै परिवारका १४ जनाकाे मृत्यु !

तपाईंले छुटाउनुभयो कि?